निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश गम्भीर परिस्थितिमा रहेको बताउँदै सोचेर मात्र मत व्यक्त गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई देश परिवर्तनको स्वर्णिम वर्षका रूपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
कोलम्बोस्थित आर प्रेमादासा रङ्गशालामा बुधबार राति भएको खेलमा श्रीलङ्का न्युजिल्यान्डसँग ६१ रनले पराजित भयो । आयोजक श्रीलङ्का जारी विश्वकपमा सुपर आठबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ ।
संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारका तर्फबाट ‘नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धता पत्र: भिजन १०’ सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान असहज परिस्थितिलाई सहज निकास दिन फागुन २१ गतेको निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
बङ्गलादेशको अदालतले भ्रष्टाचारको आरोपमा बेलायतका पूर्वमन्त्री तथा लन्डनका सांसद ट्यूलिप सिद्दिकको गिरफ्तारीका लागि इन्टरपोललाई रेड नोटिस जारी गर्न अधिकारीलाई आदेश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १५ बुँदे निर्वाचन अपिल सार्वजनिक गरेको छ। । पार्टीले विगतमा व्यवस्था बदलेको दाबी गर्दै नेकपाले अब देशको अवस्था बदल्ने संकल्प गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
रुसले युक्रेनमाथि नयाँ आक्रमणको लहर सुरु गरेकै दिन अमेरिका र युक्रेनबिच चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयास स्वरूप जेनेभामा नयाँ चरणको वार्ता सुरु हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिनुभएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।