• ३० चैत २०८२, सोमबार

प्रशिक्षण प्रतिष्ठान मातातीर्थलाई महानिरीक्षक कप उपाधि

blog

विजेता प्रशिक्षण प्रतिष्ठान टिम ।

काठमाडौँ, चैत ३० गते । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ्ग ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साेमबार सम्पन्न  प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १७ पदकसहित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ प्रथम भएको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ ७ स्वर्ण, ८ रजत र ६ कास्य कास्यसहित द्वितीय र नं. १ वराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण २ रजतसहित तृतीय भएको हो ।

चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू गरी नौ वटा टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएको थियो ।