शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, चैत ३० गते । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग. १ च. २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका-५, टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । रासस