समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।
सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।
पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्म ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नैनो गाउँका एक वर्षीय ल्हाक्पा धोका गुरूङका श्वासप्रश्वासमा सङ्क्रमण देखिएपछि ४२ वर्षीया आमा ढिकी गुरूङले गाउँमा आयोजित घुम्ती स्वास्थ्य शिविरमा ल्याउनुभएको छ ।
बागलुङको माथिल्लो भेगमा अत्यधिक चिसो बढेपछि बालबालिकासहित शिक्षकशिक्षिका पनि बेँसी झरेका छन् । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका झन्डै ५५० बालबालिका घुम्ती शिक्षाका लागि बेँसीमा झरेका हुन् । चिसोका कारण माथिल्लो भेगका विद्यालय बन्द छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रौतहटले क्षेत्र नं. ४ बाट पार्टीका केन्द्रीय सदस्य तथा महिला नेत्री आरती भण्डारीको नाम सिफारिस गरेको छ ।
हरेक नेपालीलाई स्वास्थ्य बिमामार्फत औषधी उपचार गर्न सरकारले बिमा कार्यक्रम ल्याए पनि यसको पहुँच सर्वसाधारणमा अझै पुग्न नसक्दा धेरै जनता यसबाट वञ्चित छन् । हालसम्म पूर्वी नवलपरासीमा कुल जनसङ्ख्याको ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बिमामा समेटिएका छन् ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।
आगामी फागुन २१ गतेको हुने निर्वाचनका लागि स्याङ्जाको एकै वडामा तीन जना समानुपातिक सूचीमा परेका छन् । जिल्ला भित्रै विभिन्न पार्टीबाट सात जनाको सिफारिस हुँदा यहाँ एकै वडाका तीन जना परेका हुन् ।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ ।