कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो ।
कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल विद्यालयस्तरीय नृत्य प्रतियोगितामा पहिलो भएको छ । बाँकेको कोहलपुर महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल चरणमा छ विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो । विजेता गोरखाले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त ग¥यो ।
गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो ।
उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो ।
कोशी प्रदेशको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम भित्र्याउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एकैसाथ तीन जनालाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ की बासिन्दा निरुता नेपालीका दुई छोरा सुजन र दिनेश र एक छोरी सुस्मितालाई आइतबार नागरिकता प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी श्रम समझदारी (एमओयु) को तयारी गरेको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी जनावरी २५ र २६ तारिखमा साउदी अरबमा हुन लागेको
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशभर अत्यधिक चिसो बढेको भन्दै मन्त्रालयले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।
न्यायालयमाथि नियोजित प्रहार हुन थालेको भन्दै त्यसप्रति प्रेस जगत्ले समान चासो र चिन्ताका रूपमा हेर्नुपर्ने समय आएको बताइएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यस पटक त्यो सम्भव हुन नसकेको बताउनुभएको छ ।
सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासाथ सल्यानको श्रीनगरमा पुस २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।