कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।
विक्रम संवत् २०८१ चैत २५ देखि आमशैक्षिक हडताल घोषणा गरी देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ भेला भएर शैक्षिक सडक आन्दोलन गरे । कतिसम्म भने उनीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने धम्की दिएपछि सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी तीन दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश
चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।
सल्यानको शारदा नगरपालिका–६ अन्तर्गत सापमारा, ठुलागैरा, टाकुरा र गोगनपानी क्षेत्रमा खानेपानी अभाव हुँदा करिब १५० घरधुरी प्रभावित भएका छन्। मुलाखोला लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रिएपछि स्थानीयवासी गम्भीर समस्यामा परेका हुन्।
नेपालको प्रशासनिक इतिहासमा बितेका दुई दशक केवल समयको गणना मात्र होइन, यो एउटा निजामती कर्मचारीले भोग्ने आशा, उत्साह, सङ्घर्ष र अन्ततः प्राप्त हुने लज्जाबोधको चक्र पनि हो । जब एक नवप्रवेशी अधिकृत ‘राष्ट्र सेवा’ को आदर्श बोकेर सिंहदरबार छिर्छ, उसलाई लाग्छ कि प्रणाली निष्पक्ष छ र मेहनतको कदर हुन्छ तर पङ्क्तिकारको २० वर्षको अनुभवले भन्छ– नेपालको प्रशासन यस्तो विन्दुमा पुगेको छ, जहाँ इमानदार हुनु एउटा ‘छनोट’ मात्र होइन, बरु एउटा महँगो र जोखिमपूर्ण ‘चुनौती’ पनि हो । भ्रष्टाचार यहाँ केवल केही व्यक्तिको अनैतिकता मात्र रहेन, यो त एउटा यस्तो ‘संस्थागत संरचनै’ बन्न पुगेको आभास हु
आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् ।
विदेशी मुलुकमा काम गरेर आर्जन गरेको पैसा स्वदेशमा पठाइन्छ भने त्यस्तो रकमलाई विप्रेषण भनिन्छ । विज्ञान र प्रविधि विकासले गर्दा अहिले विश्वै साँघुरिँदै गएको छ । एउटा देशको कुनै कुनामा रहेको व्यक्ति छोटो समयमै अन्य मुलुकमा कुनै न कुनै सन्दर्भमा पुग्न सक्छन् । यसरी नेपालबाट वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या ठुलो छ । यस्तो जनसङ्ख्या खास गरेर खाडी मुलुकमा गएको छ । खाडी देशमा मात्र जाने सङ्ख्या १८ लाखभन्दा बढी
गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ। जिल्ला ब्याडमिन्टन संघ, गुल्मीको आयोजनामा आगामी जेठ १५ र १६ गते जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेभएको हो।
१०० वर्ष अघिको गोर्खापत्र
गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको ‘नमूना पशु अस्पताल’ भवन तनहुँमा निर्माण सुरु भएको वर्षौँ बित्दा पनि अलपत्र छ । सदरमुकाम दमौलीस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ को परिसरमा निर्माणाधीन भवन तीन पटक म्याद थपिँदा पनि पूरा हुन नसक्दा किसानले पाउनुपर्ने सेवा रोकिएको छ ।
बाजुराको बाउलीखोलामा निर्माणाधीन पक्की पुलको काम पाँच वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अघि बढ्न नसकेको हो।
मगर समुदायले गर्दै आएको भुँवरीपूजाको तयारी सुरु भएको छ । यो पूजालाई मगर समुदायको परम्परागत संस्कृतिका रूपमा लिइन्छ । भुँवरीपूजा गर्दा हरेक वर्षको चैतमा मन्दिरमा पूजा र बलि दिइन्छ । आफ्नो जातिको हितका लागि भुँवरीपूजाले महत्व राख्ने गरेको बुलिङटारका अगुवा युवराज गरजामगरले बताउनुभयो ।
नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन काठमाडौँमा सञ्चालन भइरहेको छ । शनिबार सुरु भएको सम्मेलन सोमबार सकिने छ । प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीकचिह्न र सम्मेलनबारेका कृतिहरू प्रदान गरी शनिबार तीनदिने सम्मेलन सुरु गर्नुभएको थियो । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता थियो ।
नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् ।
केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न पाँच हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायी उत्साहित बने । उहाँले भन्नुभएको थियो, “भारतीय पर्यटकले अब ढुक्क भएर चार लाख १५ हजार भारतीय रुपियाँ अर्थात् पाँच हजार अमेरिकी डलर बराबर हुने रकमसम्म नगद बोकेर नेपाल भ्रमणमा आउन सक्छन् ।”