राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट पक्षले एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन् ।
बाँकेको खजुरा गाउँपालिका-४, डी गाउँमा सोमबारदेखि सुरु हुने एन्टि एरिना प्रथम खजुरा गोल्डकपको तयारी पूरा भएको छ । आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
यहाँस्थित नेपाल–भारत सीमावर्ती रुपैडिहा–बहराइच–गोन्डा रेलमार्गमा केही दिनभित्रै रेल सञ्चालन हुने सम्भावना बढेको छ ।
कैलालीमा हुलाकी राजमार्ग दुर्घटनाको ‘हटस्पट’ बनेको छ। ग्रामीण क्षेत्रलाई विभिन्न सदरमुकाम र व्यापारिक केन्द्रसँग जोडेको यो सडकमा महिनैपिच्छे दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय छैटौं मेयर कप ब्याडमिन्टन प्रतियोगितामा आन्द्रियास लिम्बू प्रथम हुनुभएको छ।
सरकारले बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान अन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।
पर्यटन राजधानी पोखराको लेकसाइडमा आइतबारबाट फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।
देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले ताप्लेजुङको भ्रमण गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ ।
इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
दक्षिणकाली नगरपालिकामा सवारी दुर्घटना हुँदा ३४ वर्षीय चालक सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध किराना सामान नियन्त्रणमा लिएको छ ।
नवलपुरका विभिन्न क्षेत्रमा दूषित पानीका कारण दुर्लभ एकसिंगे गैँडा लगायतका वन्यजन्तु धमाधम मृत भेटिन थालेपछि स्थानीयले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन् ।