• २९ चैत २०८२, आइतबार

प्रदेशका मन्त्री मन्सुरीद्वारा कार्यालय निरीक्षण

blog

कृषि ज्ञान केन्द्रको निरीक्षणका क्रममा मन्त्री इस्राइल मन्सुरी लगायतको सामूहिक तस्बिर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २९ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले ताप्लेजुङको भ्रमण गर्नुभएको छ । मन्त्री मन्सुरीले भ्रमणका क्रममा जिल्लास्थित कृषि ज्ञान केन्द्रलगायत मन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभएको हो ।

मन्त्री मन्सुरीले कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको निरीक्षण गर्नुभएको बताइएको छ । कार्यालयहरुको निरीक्षण गर्नुहुँदै मन्त्री मन्सुरीले कार्यालयले गर्दै आएको कार्यस्म्पादनबारे जानकारी लिनुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री मन्सुरीले कार्यालयबाट प्रवाह हुने सेवा र कार्यसम्पादनबारे जानकारी लिनुभएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङकी सूचना अधिकारी एवं बाली विकास अधिकृत मुना न्यौपानेका अनुसार कार्यालयको निरीक्षण गर्नुहुँदै मन्त्री मन्सुरीले प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ ।

कार्यालयहरुले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रभाव गर्नुपर्नेमा उहाँले जोड दिनुभएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मन्त्री मन्सुरीले कार्यालयका कर्मचारीसँग संक्षिप्त अन्तक्र्रियासमेत गर्नुभएको छ ।