बाजुराको बाउलीखोलामा निर्माणाधीन पक्की पुलको काम पाँच वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अघि बढ्न नसकेको हो।
मगर समुदायले गर्दै आएको भुँवरीपूजाको तयारी सुरु भएको छ । यो पूजालाई मगर समुदायको परम्परागत संस्कृतिका रूपमा लिइन्छ । भुँवरीपूजा गर्दा हरेक वर्षको चैतमा मन्दिरमा पूजा र बलि दिइन्छ । आफ्नो जातिको हितका लागि भुँवरीपूजाले महत्व राख्ने गरेको बुलिङटारका अगुवा युवराज गरजामगरले बताउनुभयो ।
नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन काठमाडौँमा सञ्चालन भइरहेको छ । शनिबार सुरु भएको सम्मेलन सोमबार सकिने छ । प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीकचिह्न र सम्मेलनबारेका कृतिहरू प्रदान गरी शनिबार तीनदिने सम्मेलन सुरु गर्नुभएको थियो । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता थियो ।
नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् ।
केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न पाँच हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायी उत्साहित बने । उहाँले भन्नुभएको थियो, “भारतीय पर्यटकले अब ढुक्क भएर चार लाख १५ हजार भारतीय रुपियाँ अर्थात् पाँच हजार अमेरिकी डलर बराबर हुने रकमसम्म नगद बोकेर नेपाल भ्रमणमा आउन सक्छन् ।”
विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर सो यात्रा तय गरेको हो ।
इन्धनको मूल्यवृद्धिसँगै सिमेन्ट र डन्डीको मूल्य बढेपछि निर्माण क्षेत्र प्रभावित भएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण देखाउँदै सिमेन्ट र डन्डीको मूल्यवृद्धि गरिएसँगै निर्माण पनि प्रभावित भएको हो ।
गृहमन्त्री सुधन गुरुङले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको विस्तार कार्यमा भइरहेको ढिलासुस्तीप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
डेटिकेटेड तथा ट्रङ्क लाइन महसुलको बक्यौता रकम असुल गर्न नेपाल विद्युत् प्राधिकरण पुनः सक्रिय भएको छ । २०८२ असोजमा प्राधिकरणले जारी गरेको सूचनालाई आधार बनाउँदै प्राधिकरणले सम्बन्धित शाखामार्फत उद्योगीलाई महसुलको बक्यौता भुक्तानी गर्न पत्राचार गरेको हो ।
सिमकोट–हिल्सा सडकको लाग्ना खण्डमा सिमकोट गाउँपालिका–७ डाँडाफयाँका स्थानीयवासीले चार दिनदेखि सडक अवरुद्ध गरेका छन्।
राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ०७ पैसा र बिक्रीदर १४८ रुपियाँ ६७ पैसा तोकिएको छ ।
स्वास्थ्य अनुसन्धान पत्रकारिता अवार्ड गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । १९ वर्षअघिदेखि गोरखापत्र दैनिकमा सक्रिय ढुङ्गेलले स्वास्थ्य पत्रकारितामार्फत ‘स्वास्थ्य अनुसन्धान’ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. विकास देवकोटा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले पत्रकार ढुङ्गेललाई उक्त अवार्ड प्रदान गर्नुभयो ।
मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापित सरकारमातहत रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो छ महिनाको अवधिमा एक सय जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ । सानो भवन तथा स्रोतसाधन सीमित हुँदाहुँदै पनि निरन्तर सेवा विस्तार गरिरहेको केन्द्रले छोटो समयमै प्रत्यारोपणमा सफलता हासिल गरेको हो । केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठको नेतृत्वमा युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।
सल्यानमा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्साव सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसर पारेर कपुरकोट बजारमा चैत ३० देखि वैशाख २ गतेसम्म कार्यक्रम राखिएको आयोजक सल्यान मिडिया हाउस सञ्चालकले जनाएका छन् ।