नेकपा एमाले रूपन्देहीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ ।
व्यास नगरपालिका–१, रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उहाँले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनुभएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका-१, अर्मादी खोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
कैलालीको धनगढीमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ ।
गुल्मीको रेसुङ्गा विमान स्थलबाट पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नु भएको छ ।
सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो।
सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ ।
नेकपा एमालेका उपमहासचिव एवम पूर्व उपप्रधान मन्त्री रघुविर महासेठले अझै पनि देशमा चुनावी वातावरण तयार हुन नसकेको भन्दै निर्धारित फागुन २१ गते चुनाव गराउनका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ।
प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।
गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ ।
नेकपा (एमाले) लमजुङले प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।