बाँकेका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारी तीव्र पारिएको छ । माघी आउन दस दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ ।
प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो ।
बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ ।
नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय जिल्लामा ह्याकर समूह सक्रिय रहेको जनाएको छ । पछिल्लो केही समयता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
कवयित्री निरञ्जना चन्द ९निरु०द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।
सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।
थारू समुदायको मौलिक पहिचान बोकेको देउथान/मरुवा (थन्वा)/ भुइँयालाई पक्की बनाउने नाममा स्थानीय सरकार नै यो समुदायको पहिचान मास्न उद्दत रहेको पाइएको छ । कैलाली, कञ्चनपुरमा स्थानीय तहले थारू समुदायको देउथान, मरुवा र रानाथारू समुदायको भुइँया (देवता घर) लाई पक्की बनाउने नाममा मौलिक पहिचान मास्न थालेको देखिएको हो ।
वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे०क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुलामा पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेशले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा सकस भएको हो ।
मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् ।
सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरु भएपछि जनजीवन कष्टकर बनिरहेको छ । बिहीबार र शुक्रबार दिउँसो पारिलो घाम लागेपछि शनिबारदेखि पुनः शीतलहर भएपछि जनजीवन कष्टकर भएको हो ।