धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३ का तीन गाउँका स्थानीय तीन सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
ताजा जनादेशका निम्ति हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । प्रतिनिधि सभाको संरचना समानुपातिक र प्रत्यक्ष निर्वाचन पद्धतिबाट पूरा हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचनका निम्ति उम्मेदवारको बन्दसूची प्रस्तुत गर्ने समयसीमा पनि पूरा भइसकेको छ । निर्वाचन आयोगले बन्दसूचीको नामावली समानुपातिक र समावेशी संवैधानिक मर्म अनुरूप भए नभएको जाँचबुझ गरिरहेको छ । आयोगले निर्वाचन तयारीमा कुनै कमी हुन नदिई अगाडि बढाइरहेको छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी
नेपालको संविधानले सङ्घीय सांसदलाई सार्वभौम जनताको प्रतिनिधिका रूपमा कानुन बनाउने, सरकारलाई नियन्त्रण तथा सन्तुलनमा राख्ने र राज्यको स्रोतसाधनको बाँडफाँट (बजेट) गर्ने सर्वोच्च जिम्मेवारी सुम्पेको छ । संविधानले सङ्घीय सांसदसँग यस्तो अपेक्षा गरे पनि अहिले समानुपातिक सांसदका उम्मेदवार र प्रत्यक्ष उम्मेदवारको तयारी गरिरहेकाहरूले यो पक्षलाई पटक्कै ख्याल राखेको देखिँदैन । सम्भावित तथा प्रस्तावित सांसदहरूले विकास गर्छु, कुलो नाला बाटो बनाउँछु, एयरपोर्ट बनाउँछु भन्ने जस्ता मुद्दामा बोलिरहेको देखिन्छ ।
आइतबार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।
मानिसको पुस्तान्तरणको अन्तर जुगानुजुगदेखि चल्दै आएको छ । पुस्ता बदलिन्छ र विचार पनि बदलिन्छ । एकअर्काबिचको सम्बन्ध फरक हुन्छ । खाने चिज फरक हुन्छ, लगाउने कपडा फरक हुन्छ । किन्न जाने पसल, उपभोग गर्ने वस्तु पुस्तासँगै बदलिन्छ । आज देखिएको सोच र प्रविधिले जीवन शैलीमा ठुलो परिवर्तन ल्याएको छ । आज जेनजीका माग र आन्दोलन पनि यसै गरी
पर्वत जिल्लामा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशिल माया अधिकारी बागलुङको आदर्श सञ्चार सहकारीमा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत हुनुभएको छ ।
जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो ।
कस्तो नेतालाई शासकीय भूमिकामा देख्न चाहनुहुन्छ, उसको विगत कस्तो छ, आफूले छानेका प्रतिनिधिले सोचे अनुसारको काम गर्न सकेन भने के गर्ने ? त्यसमा लेखाजोखा चुनावमा मतदान गर्नुअघि नै गर्नु पर्छ ।
सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) ले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । सुशासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिने र सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित हुने पनि योजनाको सोच छ । योजनाको मूल उद्देश्य आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु रहेको छ ।
गुल्मीका चार सयभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । गुल्मी अस्पतालमा सञ्चालित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान, गुल्मीको सहजीकरणमा तम्घासस्थित महेन्द्र मावि र रेसुङ्गा माविका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो ।
माघ (माघी) आउन अझै करिब दुई हप्ता भए पनि थारू बस्तीहरूमा भने यस पर्वको चहलपहल सुरु भइसकेको छ ।
भरतपुर महानगरपालिका–२२ को आयोजनामा पश्चिम चितवनको भरतपुरको पटिहानीमा सांस्कृतिक चित्रकला कार्यशाला तथा कविता सिर्जना कार्यक्रम सम्पन्न भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र