आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको केन्द्रीय सदस्य एवम् पूर्व न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री लिालानाथ श्रेष्ठको एकल नाम सिफरिस भएको छ ।
गुल्मीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा इश्मा गाउँपालिकामा अवस्थित बीपी पार्क खेलमैदानमा जिल्लास्तरीय अन्तर विद्यालय (कक्षा १० सम्म) छात्र क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो ।
सरकारले सुरक्षाको प्रत्याभूति गराए नेपालको निजी क्षेत्र थप लगानी गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घको ५९ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले यसमा महासङ्घले पनि समन्वय गर्ने बताउनुभएको हो । कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनु अपरिहार्य भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २५ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित नभएसम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम सिफारिस भएको छ । एमालेको क्षत्रीय समितिले १ बाट ६ जना र २ बाट १५ जनाको नाम सिफारिस गरेको हो ।
मुगुको विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो अहिले घरबाटै बिक्री हुन थालेको छ । स्थानीय व्यापारी जिल्लाका गाउँबस्तीमै आएर चिनो खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।
राष्ट्र बैङ्कले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) का अनुसार यस्तो देखिएको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।
भैरवी गाउँपालिका–१, जलजलेका स्थानीय ६५ वर्षीय शेरबहादुर थापा केही महिनाअघिसम्म २४ घण्टा चल्ने ड्रिलिङको आवाजले हैरान हुनुहुन्थ्यो । रातदिन गुञ्जिने मेसिनको ध्वनिले सुरुमा असहज बनाए पनि समयसँगै त्यही आवाजसँगै सुत्ने बानी परेको थियो । लामो समयदेखि ड्रिलिङका बेला गुञ्जिने गरेको मेसिनको आवाज हराएको निकै भयो । सुरक्षा घेराभित्रको ‘रिङ हाउस’ मौन छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा सुरु भएको बहसको तार्किक निष्कर्षका लागि दुवै पक्ष चरणबद्ध संवादमा जुटेका छन् । कांग्रेसको १५ औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा उठेको बहस सहमतिमार्फत समाधान गर्ने गरी शीर्ष नेताहरूले छलफल थालेका हुन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राईटरखोरमा शनिबार सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले नवलपुरले दुई निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ ।
बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ।