दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ आज सार्वजनिक भएका छन् ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताउनुभएको छ।
भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
गुल्मीको सत्यवती गाउॅपालिका–८ स्थित भार्से गाउँ ।
शनिबार सम्पन्न भएको फाइनलमा लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिमलाई पराजित गर्दै माछापोखरी हिटी क्लब चाँगेले उपाधि जितेको छ । फाइनल खेलमा ३–० गोलले लालीगुराँसलाई पराजित गर्दै माछापोखरीले प्रथम आमन्त्रित मानाभरा गोल्डकपको उपाधि जितेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अघि आयआर्जनमा अघि बढाउनुपर्ने बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सव–२०८२ को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्दै व्यावसायिक रूपमा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुमपश्चिम हुँदै डोल्पा पुगेको छ।
ताप्लेजुङमा सम्पन्न सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनले जितेको छ। सङ्घीय मेलाको अवसरमा खेलाइएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आम्बेगुदिनलाई ३–१ को सेटमा हराउँदै थुम्बेदिनले उपाधि जितेको हो।
पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई नेकपा (एमाले) इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनुभएको छ ।
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।