प्रहरीले देशभर हुने गरेका अपराधजन्य अवैध गतिविधि, असुली, तस्करी तथा विभिन्न क्षेत्रका सेवाग्राही तथा व्यवसायीलाई भौतिक तथा मनोवैज्ञानिक रूपमा डर, धाकधम्की दिनेविरुद्ध विशेष अपरेसनसहित निगरानी बढाएको छ ।
सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । यही चैत ३० देखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
अमेरिका र इरानबिच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको छ । ४० दिन लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्तामा सहभागी भएका हुन् । वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्षबिच सार्थक वार्ता हुने अपेक्षा गरेको छ । वार्ता निर्धारित समयभन्दा ढिला सुरु भएको इरानी सरकारी समाचार संस्था ‘टिएनए’ ले पुष्टि गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १४ बस्ने एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । हेटौँडा १४ नयाँबस्ती टोलकी ३५ वर्षीया सन्तोषी वाइबाको शनिबार भिरबाट लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ।
समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।
लामो समयदेखि अशान्त रहेको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता सुरु भएको छ ।
गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकी पत्रकार राधा ढुंगाना ‘डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
कपिलबस्तु तौलिहवाका सुरेन्द्र बर्माले मिस्टर कपिलवस्तु २०८२ को उपाधि हात पार्नुभएको छ । शारीरिक सुगठन तथा फिटनेश सामाजिक संस्थाले तौलिहवामा आयोजना गरेको मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगीतामा उहाँ बिजेता घोषित हुनुभएको हो ।
दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि पुरुषतर्फ गुल्मी र महिलातर्फ रुपन्देही च्याम्पियन बनेका छन् ।
भारतीय उच्च सुरक्षा अधिकारीले यहाँस्थित नेपाल–भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमावर्ती भारतीय जिल्ला बहराइँचमा सरुवा भएर आउनुभएका नयाँ प्रहरी प्रमुख एसपी विश्वजीत श्रीवास्तवले नेपाल–भारत नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको हो ।
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८३–८४ देखि २०८७–८८) अन्तिम चरणमा पुगेको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको मस्यौदामाथि शनिबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सुझाव लिइएको छ । आ.व. २०७८–७९ मा बनाएको पहिलो पञ्चवर्षीय योजनाको अवधि सकिएपछि दोस्रो योजना बनाउन लागिएको हो ।
बाँके प्रहरीले नेपालगन्जको विभिन्न सडकमा बसेर सडकबाट यात्रु तानातान गर्ने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
शनिबार एकै दिन सात हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । केही दिनयता मौसममा सुधार हुन थालेसँगै पाथीभरामा उल्लेख्य भक्तजन आउन थालेका हुन् ।
दार्चुलामा जिप दुर्घट्ना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका –८ धौकोटमा आज दिउँसो भएकोे जिप दुर्घटनामा सोही ठाउँका अन्दाजी ७५ वर्षिय परमानन्द भट्ट, ३२ वर्षिय चन्द्रदेवी भट्ट र जिप चालक देबसिंह विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।