बेलकोटगढी नगरपालिका–९, नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
लामो समयदेखि जीर्ण बनेको काठे खोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडकखण्ड कालोपत्र गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीले दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो।
गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका गहते युवा क्लबले जितेको छ ।
नेपाली सेनाद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इरानमा फसेका ३१२ जना भारतीय माझीलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षितरूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताउनु भएको छ । उहाँले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीलाई धन्यवाद दिनु भएको छ ।
काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ ।
धनकुटाको कागतेमा लामो विषालु राजगोमन (किङ कोब्रा) फोला परेको छ । नगरपालिकाको वडा ३ र ६ को सिमानामा फेला परेको करिब १३ फिट लामो विषालु राजगोमन सर्पको उद्धार गरिएको छ ।
सितापुर युनाइटेड र राइजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चैत २९ गते आइतबार दुबै टोलीले प्रतियोगिताको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
बन्दीपुर गाउँपालिका क्षेत्रमा सञ्चालित व्यवसायमा गरिएको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीहरू कारबाहीको दायरामा परेका छन् ।
मध्यपूर्वी देशमा जारी युद्धका कारण इन्धनको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको निर्माण व्यवसायी सङ्घ कैलालीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।
केही दिन अघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न ५ हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायीहरु उत्साहित बने ।
गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका-बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबिच लन्डनले यस्तो निर्णय लिएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।