• २८ चैत २०८२, शनिबार

गहतेले जित्यो ‘जेसीज कप’

blog

विजेता गहते युवा क्लबका खेलाडी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २८ गते । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका गहते युवा क्लबले जितेको छ । 

शनिबार सम्पन्न फाइनल खेलमा गहतेको बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । ८२औँ मिनेटमा सौरभ छन्त्यालले गरेको गोल नै गहते युवा क्लबको जितमा निर्णायक गोल बन्यो । 

आक्रमक खेल प्रदर्शन गर्नुभएका राज भूसालले डि–बक्समा उपलब्ध गराएको क्रस पासलाई छन्त्यालले आकर्षक गोल गर्नुभएको थियो । 

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको गहतेले ‘जेसीज कप’ उचाल्दा बागलुङ सुधार केन्द्र भने यसपटक पनि उपविजेतामा सिमित भयो । सुधार केन्द्र तेस्रो संस्करणको फाइनल खेलमा गुठी युनाइटेड स्तब्ध हुँदै उपविजेता बनेको थियो । 

विजेता बनेको गहतेले २ लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बागलुङ सुधार केन्द्रले १ लाखसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनमा पुग्ने टोलीलाई१२/१२ हजार रुपियाँ प्रदान गरिएको छ । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार बागलुङ सुधार केन्द्रका बरदान निउरे प्राप्त गर्नुभएको छ । गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर, सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।

सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाको कालीजङ्ग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्दा आदर्श विद्यामन्दिर (एभिए) अनुशासित टिम घोषित भएको छ । 

सर्वाेत्कृष्ट खेलाडि र अनुशासित टिमले १०/१० हजार रुपियाँ प्राप्त गर्दा अन्य उत्कृष्ट खेलाडीले जनही ५/५ हजार रुपियाँ प्राप्त गरे ।