गोरखापत्रकर्मी दोलखा समाचारदाता बाबुराम शर्मा पुरस्कृत हुनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ । राससले ‘एकेडेमिक सेन्टर’ का रुपमा विकास गर्ने लक्ष्यअनुरुप तालिम केन्द्रको निर्माण सुरु गरेको जनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।
रौतहटका बरिष्ठ एबम अग्रज पत्रकार मोहनप्रसाद शर्माको निधन भएको छ । गौर नगरपालिका –५ घर भएका शर्माको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको हो ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला र भोजपुर–लेगुवा मध्यपहाडी सडक ।
पूर्वमन्त्री कुमार खड्का र नेकपा (एमाले) का नेता एवम् व्यवसायी पुष्पराज अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघ सांस्कृतिक महोत्सवको उद्घाटनपूर्व घोराहीमा भव्य बजार परिक्रमा सुरु गरिएको छ।
नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ। क्षेत्रीय समन्वय कमिटीको शनिवार बसेको बैठकले सो क्षेत्रबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य ढकालको नाम एकलरुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिनुभयो ।
आउँदो निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा प्रहरीले सुरक्षा तयारी तीव्र पारेको छ । निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित जिल्लाभर सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालले ३ वर्षको अवधिमा ४८ हजार ८ सय ५० जना बिरामीलाई उपचार सेवा दिएको छ ।
संयुक्त राष्ट्रका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार जनाएको अनुसार गाजामा अझै दस लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायता आवश्यक छ । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो ।
हेटौँडा उपमहानगरपालिका–१७, गौरीगाउँमा भएको आगलागीमा परेर १५ हजारभन्दा बढी चल्ला नष्ट भएका छन् । शुक्रबार साँझ करिब ४ बजेर ४५ मिनेटको समयमा भएको आगलागीमा १५ हजार १८२ वटा चल्ला मरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ ।
रोमानियाको आपतकालीन विभागले ब्रासोभ जिल्लामा इन्धन चुहावटका कारण करिब ११ हजार बासिन्दालाई पिउने पानी आपूर्ति हुन नसकेको जनाएको छ । आपतकालीन टोलीले प्रभावित समुदायमा तत्काल पिउने पानी वितरण गरिरहेका छन् ।
स्विट्जरल्यान्डको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको एक बारमा लागेको भीषण आगलागीमा करिब चालिस जनाको मृत्यु भएको अनुमान गरिएको छ भने घाइतेको सङ्ख्या एक सय उन्नाइस पुगेको छ ।