प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत नवलपुरमा दुई हजार ५६ जना कर्मचारी खटाइँदै छन् । निर्वाचन खटिने कर्मचारीहरूको नामावली मङ्गलबार प्रकाशित गरिएको छ ।
निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएका उहाँ मङ्गलबार रास्वपामा प्रवेश गर्नुभएको हो । चकिया (जाँतो) चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका चौधरी सम्भवतः अब आफैँलेसमेत आफ्नो चुनाव चिह्नमा भोट हाल्नुहुने छैन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयले सडक र पुललाई प्राथमिकता दिन उम्मेदवारलाई आग्रह गरेका छन् । भौगोलिक रूपमा विकट मानिने ७ र ८ नं. वडाका का स्थानीयले बाह्रै महिना सवारीसाधन चल्ने गरी सडक र पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द हुने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडेनी र वडा नंं. ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचनप्रति मतदातामा उत्साह देखिएको छ। निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।
निकै पर, दक्षिण–उत्तरी दिशामा सघन हरियाली वृक्षादिले भरिपूर्ण सोतो परेको एउटा डाँडा उभिएको छ । त्यो नागार्जुनको डाँडा हो । भारतीय कवि नवारुण भट्टाचार्यको चर्चित कविता ‘मृत्यु उपत्यका होइन,
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात वटा स्थानीय तहमा रहेका १४६ वटा मतदान केन्द्रमा आठ सय बढी कर्मचारी खटिएका हुन् ।
वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ–टोल यतिबेला जोगिराको मधुर धुनले गुञ्जिन थालेका छन्। पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा सोमवार परिक्रमा यात्रामा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले होली खेलेसँगै मिथिलाञ्चलमा होली पर्व विधिवत रुपमा सुरु हुने परम्पार रहेको छ।
जाजरकोटका गाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलक्षित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।
सन् १९२५ देखि सञ्चालनमा आएको नेपालको निजी क्षेत्रको पहिलो औषधी उद्योग आरोग्य भवन वक्र्स प्रालिले विश्व स्वास्थ्य संगठनद्वारा निर्दिष्ट डब्लुएचओ जीएमपी तथा नेशनल जीएमपी प्रमाणीकरण प्राप्त गरेको छ ।