यही चैत १४ गते राति करिब १२ बजे नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा जलेको अवस्थामा फेला परेकी २२ वर्षीया सिर्जना बुढामगरको मृत्यु घटनाको गम्भीरतापूर्वक सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
तनहुँको प्रमुख व्यापारिक केन्द्र डुम्रे बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि स्थानीय प्रशासन र बन्दीपुर गाउँपालिकाले बजार अनुगमन र निगरानीलाई थप कडाइ गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा तनहुँको पर्यटकीय नगरी बन्दीपुरका होटल र सामुदायिक होमस्टेहरूमा बुकिङ बढ्न थालेपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि मात्र कालोपत्र भएको हो। यो सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडकसमेत बनेको छ।
एेतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रङ्गशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।
नेपालमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरूमा विक्रम संवत्को उल्लेख भएको त देखिन्छ तर त्यसमा एकरूपता पटक्कै देखिएका छैनन् । विक्रम संवत् उत्पत्ति भएको मुलुक भारत हो तर त्यहाँका विद्वानहरूबिच एकमत जस्तो देखिने गरेको छैन । त्यही भएर भारतीय विद्वान्हरूले के भन्ने गर्छन् र नेपालमा उपलब्ध भएका लिखित ऐतिहासिक सामग्रीहरूमा जे देखिए, ती कुरा यहाँ खुलस्त राख्न चाहन्छु । जुन यसप्रकार छन् :
रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा स्थापना भएको सैनामैना प्राकृतिक चिकित्सालय (सामुदायिक अस्पताल) मा विभिन्न प्राकृतिक पद्धतिबाट उपचार हुने गरेको छ। विशेषगरी जडीबुटीजन्य औषधि तथा थेरापीमार्फत यहाँ बिरामीको उपचार हुने गरेको हो।
चार वर्षदेखि जारी भीषण द्वन्द्वका बिच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागु हुने भएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडावासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्त उब्जनीयोग्य जमिन भए पनि त्यस क्षेत्रमा पुस्तौँदेखि हालसम्म सिँचाइ सुविधा छैन।
सपना त रोप्नुपर्ने रहेछ जमिन नै नभए पनि । पानीको आसमा मात्र हैन मरुभूमिमा पनि बिउ त छरिराख्नुपर्ने रहेछ । वर्षा त अकस्मात् हुने रहेछ । विश्वासको ब्यिाडमा सम्भावनाको सलिला नित्य लहराउँछ । सुकेर पराल भइसकेका सपनाका जरा ढुङ्गामा भए पनि सार्दै जानुपर्ने रहेछ । आशाका जरा त पुनः बाँच्दा रहेछन् । बर्सौंअघि देखेकी थिएँ हेलम्बुमा बसेकी राजेश्वरीलाई । मस्तिष्कको क्यानभासमा राजेश्वरीको शृङ्गारिएको मुहार कोरेकी थिएँ । आज पनि देख्छु, उद्देश्यले भरिएका ती तेजस्वी आँखा । फेरि तुरुन्तै देख्छु, अनायासै फुस्किएका राजेश्वरीका केश । दन्कँदो चि
पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
वनवाटिका लतामञ्जरी सारा छन् पुनर्रचित । जाडो गर्मी दुवै समान मौसम झन् सुसज्जित ।। पशुपन्छी भमरा सारा सूरताल भर्दछन् । कुहूँ–कुहूँ स्वर भर्दै कोयली गीत छर्दछन् ।