सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्तका सम्बन्धमा कानुनी व्यवस्था गर्ने उद्देश्यले प्रदेश सरकारले गत असार १५ गते स्थानीय सेवा जारी गरेको थियो । यो ऐनले प्रदेशभित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने सरकारको अपेक्षा छ ।
रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक खण्डमा रहेका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ।
जुम्लाको हिमा गाउँपालिका–६ का भीमबहादुर अधिकारीले ७१ वर्षीय बुवा कलबहादुरको उपचारका लागि बुधबार एम्बुलेन्समा सुर्खेत हुँदै नेपालगन्जको यात्रा तय गर्नुभयो । झन्डै एक हप्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले कलबहादुरलाई न्युरो सर्जरीका लागि नेपालगन्ज ‘रिफर’ गरेका थिए ।
हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु भएको छ। खराब मौसम तथा एयरलाइन्सका जहाज नेपालगन्जमा उपलब्ध नभएकाले हवाई सेवा अवरुद्ध भएको हो।
जुम्लाका विभिन्न नदी तथा खोलामा बढ्दै गएको ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न स्थानीय सरकार उदासीन देखिएको छ । स्थानीय तहमा दोस्रो कार्यकालका जनप्रतिनिधिको अवधि सकिन अझै एक वर्षभन्दा बढी समय बाँकी रहँदा पनि यो समस्या समाधानका लागि ठोस नीतिगत पहल हुन सकेको छैन ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो ।
बर्दियाका मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बाघाट पुल निर्माणको गति सुस्ताएको छ । केही दिनयता पुल निर्माण रोकिएको छ । पुलको डिजाइनमा समस्या भएको र पुनः डिजाइन गर्नुपर्ने भएकाले पुल निर्माण तत्काल रोकिएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ । यद्यपि निकै लामो समयदेखि यो पुल निर्माणको गति निकै सुस्त हुँदै गएको थियो । मधुवन नगरपालिका–८ का वडाध्यक्ष मेकबहादुर गुरुङले केही समययता पुल निर्माणको काम रोकिएको बताउनुभयो ।
सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा सदस्य चन्देश्वर मण्डलले देशको समृद्धिका लागि सरकारले गर्ने कार्यहरूमा समर्थन रहने बताउनुभएको छ । गोरखापत्रसँगको कुराकानीमा उहाँले देशको समृद्धि र विकासका लागि आफूले सदनमा सक्रिय रूपमा आवाज उठाउने भन्दै सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध रहने बताउनुभयो । सिङ्गो देश र पूरै मधेशमा समृद्धिका लागि प्रतीक्षारत जनभावनालाई मुखरित गर्ने गरी कामकाज हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले देशमा सामाजिक विकृतिको अन्त्यसहितको सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज निर्माण र विधिको शासन आवश्यक रहेको बताउनुभयो ।
मधेशकी छोरी एवं सांसद रुवीकुमारी ठाकुर सङ्घीय संसद्को उपसभामुखमा निर्वाचित भएपछि उहाँको परिवार तथा गाउँमा खुसियाली छाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय सांसद ठाकुर उपसभामुख जस्तो गरिमामय पद
बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने गाउँका रूपमा परिचित छ। केवल ३४ घरपरिवार रहेको यादव समुदायको यस गाउँमा अहिले छ सयभन्दा बढी भैँसी छन्।
पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा पुग्ने पहिलो महिला बन्नुभएकी भूमिका सुब्बा लिम्बू नेपाली गीतसङ्गीतमा परिचित नाम हो । विसं २०१५ देखि २०७९ सम्म सम्पन्न भएका कुनै पनि निर्वाचनबाट पाँचथरबाट महिला प्रतिनिधि सभा सदस्यमा पुगेका छैनन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दाङको घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत शनिबार बिहान सेमिफाइनल खेल हुने भएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने व्यवस्थित पदमार्गको अभाव छ ।