श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भन्नुभएको छ ।
मधुवन नगरपालिकाले पटकपटक म्याद थप गर्दा पनि सडक निर्माण नभएको भन्दै बर्दियाको मधुवन नगरपालिकाका स्थानीयले नगरपालिकाको कार्यालय अगाडि रहेको सडक बन्द गरेर आन्दोलन गरेका छन् ।
समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् ।
पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बुधबार बताउनु भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्या तिन सय छ पुगेको छ ।
सुनकोशी गाउँपालिका–१ देखि ५ नम्बर वडाका किसानलाई ३६० वटा मिनिटिलर वितरण गरिएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका-६, दोबिल्ला र वडा १ को चनौटे जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा पुल निर्माण गरिएको हो ।
सिन्धुली जिल्लामा गत वर्षको बाढी पहिरोबाट प्रभावित चार सय ६६ घर परिवारले अस्थायी निजी आवास निर्माणका लागि अनुदान पाउने भएका छन् ।
“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ नेपालगन्जमा ३८ औं लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताउनुभएको छ ।
वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र भासिने सम्भावना भएका जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन सुरु गरिएको छ ।
भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । बुधबार साँझ ५ बजे कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरुलाई स्वदेश फर्काइएको हो ।
कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नापजाँच कार्य सुरु गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर नापीको प्रक्रिया अघि बढाएको हो ।
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबिच बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।
म्याग्दीको बेनीमा रहेको खुल्लामञ्चस्थित खेलमैदानलाई फराकिलो र व्यवस्थित बनाउन पारापिट निर्माण सुरु गरिएको छ । कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतहभन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने गरी प्यारापिट बनाउन लागिएको हो ।