पञ्चायती शासनव्यवस्थाविरोधी कसुरमा हाम्रा श्यामसुन्दर काका कुनै समयमा चार वर्ष जेल परिसक्नुभएको रहेछ । अचेल राजनीतिको ‘र’ उच्चारण गरेको उहाँलाई मन पर्दैन तर कुनै कुराकानीको सन्दर्भमा आफ्नो पूर्वस्मृतिलाई त्यसमा जोड्न बिर्सनु हुन्न, “म नक्खु झ्यालखानामा राजबन्दी भएको बेला... ।” वाक्य पूरा नहुँदै बा हाँस्दै कराउनुहुन्थ्यो, “भो... ए... श्यामसुन्दर... कति पल्ट सुन्नु तेरो कहानी ? मेरो कानै भाट्टिसक्यो के ।”
कवि युवराज अधिकारीको दोस्रो कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । उहाँका कविताले समाजमा सकारात्मक साहित्यिक ऊर्जा सञ्चार गर्नेमा दुईमत छैन । समकालीन नेपाली कविता फाँटले ‘युद्ध, युद्ध नै हुन्छ’ पढेपछि युवराज अधिकारीलाई एक उम्दा र अब्बल साहित्यसर्जकका रूपमा पक्कै पनि आमन्त्रण गर्ने छ । यस सङ्ग्रहका कविताले नेपाली समाजमा व्याप्त आमगुना
पढ्दा ज्ञान पाइन्छ धर्म के हो, पाप के हो जानिन्छ, बुझिन्छ उज्यालो के हो, अँध्यारो के हो सभ्यता के हो, असभ्यता के हो
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
तर, गणेश रसिकले ‘डटी लड्ने’ हिम्मत गुमाए । अर्बुदरोगले थलिएकै बेला रसिकले सञ्चारकर्मी दीपक सापकोटासँग मरणपछिको इच्छा सुनाएका थिए, म मरेपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नु, लासमाथि सेल्फी खिच्न नदिनु । गुमनाम तरिकाले लैजानु, मेरो लास आर्यघाटमा र मेसिनमा हाल्दिनु । सक्छौ भने मेरो अन्तु भोजपुरमा लगेर राखिदिनु श्रीमती र छोराको
नेपाली समाजमा ‘घुमिफिरी रुम्जाटार’ उखान प्रचलित छ । रुम्जाटारको राढीपाखीको पनि उल्कै चर्चा इतिहासमा पाइन्छ । ‘रुम्जाटार’ नामकरण बाइसे/चौबिसे राज्यकै बेला भएको किंवदन्ती पाइन्छ । त्यस समय ‘रुम बुढा’ नामका किराँती राजाले ‘रुम्जाटार’ मा राज्य गरेको र त्यही शब्द अपभ्रंश हुँदै ‘रुम्जाटार’ रहन गएको किंवदन्ती पाइन्छ । नेपालका ठुला टारमध्ये एक हो– रुम्जाटार । नेपा
वातावरण संरक्षण, फोहर व्यवस्थापन, स्वच्छ जीवनशैली जस्ता विषयमा जनचेतना जगाउन पोखरा महानगरका सबै वडामा नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरको आयोजनामा नाटक ‘मखी ताल’ महानगर ३३ वटै वडामा देखाउने तयारी भएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका हँुदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ ।
२०८२ साल पुस ५ गते शनिबार सबल गुरुङ र म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित भैरवकुण्डतिर लाग्यौँ । जोरपाटीको नारायणटारबाट प्रतिव्यक्ति आठ सय रुपियाँ तिरेर बगामसम्मको टिकट काट्यौँ । सार्वजनिक बस बगामसम्म मात्र पुग्ने भएकाले पहिलो रात सोही ठाउँमा बस्ने निधो गरेर नारायणटारबाट बिहान ८ः३० बजे बाटो लाग्यौँ । शनिबार भएर होला भक्तपुर धुलिखेलतिर खासै जा
काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नं २ लामडाँडामा आयोजित निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा ६१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।
भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
कर्णालीबाट बन्ने समानुपातिक उम्मेदवारको टुङ्गो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ सबै जसो दलले सिफारिस गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।