सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुराको जानकारी दिनुभएको हो ।
ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले थप सहज र सरल रूपमा सेवा प्रवाह सुरु गरेको छ । कार्यालयको सेवालाई सुदृढ गर्दै जनमुखी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सहज सेवा प्रवाह थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको पुलाचौर गाउँ र स्तरोन्नतिको क्रममा रहेको सडक । सडक, खानेपानी, विद्युतलगायत विकासको पूर्वाधार पुगेपनि पुलाचौरका घरहरु पछिल्लो समय बसाईसराईका कारण रित्तिदै गएको छ ।
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत कास्कीमा गणकका लागि तालिम सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दन्त स्वास्थ्यकर्मीको समूहले माग पुरा नभएको भन्दै शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
सतहमा देखिँदा सामान्य सवारी चोरीजस्तो लाग्ने घटना अहिले विराटनगरमा सङ्गठित आपराधिक सञ्जालको रूप लिँदै गएको तथ्य उजागर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवनमा सुरु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका एक हजार विद्यार्थीलाई निःशुल्क रुपमा क्षमता विकास तालिम दिने भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुपरस्पेसियालिटी सेवा विस्तार गरेसँगै लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, सल्यान र प्यूठानका सयौं बिरामी लाभान्वित हुने भएका छन्।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ ।
म्याद सकिएका दैनिक उपभोग्य वस्तुहरुको प्रयोग बढ्न थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ ।