हिमाली जिल्ला म्याग्दीका छ मध्ये ४ वटा स्थानीय तहमा बन्नु पर्ने अस्पतालहरु सबै अन्यौलमै छन् । दुई अस्पताल निर्माण बिचमा अलपत्र छ भने एउटा भवन बनेर बेबारिस बन्दा अर्को अस्पताल भवन निर्माण गर्ने ठाउँकै टुङ्गो लाग्न सकेको छैन ।
हिमाल सधैँ मौन देखिन्छ । सेतो, स्थिर र अडिग तर यही मौनताभित्र आज एक चिच्याहट लुकेको छ, जुन जलवायु परिवर्तनले जन्माएको पारिस्थितिक असन्तुलनको परिणाम हो । विश्व तापमान वृद्धि, अनियमित वर्षा, हिमनदीको
संस्कृत भाषाको शिर अस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा ‘शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस’ भनेर वर्णन गरिएको छ । कानमा लगाउने गहनालाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, शिरमा लगाउने शिरफूल, शिरबन्दी, गलामा लगाउने ग
थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार (पुस १९ गते) आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएका छ ।
कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०८० चैत ११ गते पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनाको सम्बन्धमा प्राप्त जाहेरीको आधारमा घटना पश्चात फरार रहेका स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको हो ।
नेपाली चलचित्र हलमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र शुक्रबार प्रदर्शन गर्ने परम्परा रहे पनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीन चलचित्र बिहीबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शनमा आएकामध्ये नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड चलचित्र ‘दी हाउसमेड’ र साउथ ‘४५’ रहेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा हुने प्रायः औपचारिक कार्यक्रममा नौमती बाजा हातमा लिएर विद्यालयको ड्रेसमा सजिएका विद्यार्थीहरुलाई देख्न सकिन्छ ।
चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षी उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ ।
उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा उक्त उपन्यासको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको स्मरण गर्दै दुई लाइन कविता सुनाउनुभएको थियो भने अहिले उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताउनुभयो ।
बढ्दो आयातलाई कम गरी निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । नेपाल निर्यात परिषद्ले दसौँ निर्यात दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकतासाथ अगाडि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका हुन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबिच प्रतिस्पर्धा हुने भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व प्रणाली सुदृढ गर्ने प्रमुख आधारका रूपमा भन्सार व्यवस्थापन सुधारलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । भन्सार विभागले शुक्रबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी भन्सार प्रणालीबिना आर्थिक स्थायित्व सम्भव नहुने बताउनुभयो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च रुपियाँ गर्न पाउने भएका छन् ।
इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि घटाइएको छ । एक रुपियाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य यसपालि प्रतिलिटर छ रुपियाँका दरले घटेपछि देशका अधिकांश गन्तव्यको हवाई भाडा घटाइएको हो ।