सरकारले जापानमा इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्रशिक्षार्थीको श्रमिक पठाउने निर्देशिका खारेज गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको छ । मन्त्रीपरिषद्को यसै साताको बैठकले जिट्कोमार्फत जापानमा प्राविधिक (अभ्यासार्थी) श्रमिक पठाउने निर्देशिका–२०६६ खारेज गरेसँगै म्यानपावरबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० भित्र मतपत्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइने बताउनुभएको हो ।
स्वदेशमै सञ्चालित एक विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगारीमा जाँदा वा थप अध्ययनका लागि अर्को विश्वविद्यालयमा भर्ना गर्दा समकक्षताको प्रमाणपत्र लिन नपर्ने व्यवस्था गर्न लागिएको छ ।
काठमाडौँ उपत्यकाका नगरपालिकाले सहरी सौन्दर्य कायम राख्दै व्यवस्थित सहर निर्माणलाई तीव्रता दिएका छन् । काठमाडौँ उपत्यकाको मौलिक कला, सम्पदा र संस्कृतिलाई कायम राख्दै उपत्यकाका नगरपालिकाले व्यवस्थित सहरीकरणलाई तीव्रता दिएका हुन् । स्थानीय तहको पहिलो निर्वाचनपछि उपत्यकाका नगरपालिकाले सहरी विकास रणनीति, भूउपयोग मापदण्ड, भवन निर्माण, प्राचीन स्मारक क्षेत्रको संरक्षण, पूर्वाधार विकास, सहरी गरिबी न्यूनीकरणका योजना निर्माणलाई तीव्रता दिएका हुन् ।
झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका –६ महानन्द चोकमा मोटरसाइकल दुर्घटनामा घाइते अर्जुनधारा –६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ ।
दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।
नेकपा (एमाले) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता प्रकाश पौडेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ।
काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।