उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा उक्त उपन्यासको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको स्मरण गर्दै दुई लाइन कविता सुनाउनुभएको थियो भने अहिले उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताउनुभयो ।
बढ्दो आयातलाई कम गरी निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । नेपाल निर्यात परिषद्ले दसौँ निर्यात दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकतासाथ अगाडि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका हुन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबिच प्रतिस्पर्धा हुने भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व प्रणाली सुदृढ गर्ने प्रमुख आधारका रूपमा भन्सार व्यवस्थापन सुधारलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । भन्सार विभागले शुक्रबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी भन्सार प्रणालीबिना आर्थिक स्थायित्व सम्भव नहुने बताउनुभयो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च रुपियाँ गर्न पाउने भएका छन् ।
इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि घटाइएको छ । एक रुपियाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य यसपालि प्रतिलिटर छ रुपियाँका दरले घटेपछि देशका अधिकांश गन्तव्यको हवाई भाडा घटाइएको हो ।
सरकारले जापानमा इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्रशिक्षार्थीको श्रमिक पठाउने निर्देशिका खारेज गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको छ । मन्त्रीपरिषद्को यसै साताको बैठकले जिट्कोमार्फत जापानमा प्राविधिक (अभ्यासार्थी) श्रमिक पठाउने निर्देशिका–२०६६ खारेज गरेसँगै म्यानपावरबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० भित्र मतपत्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइने बताउनुभएको हो ।
स्वदेशमै सञ्चालित एक विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगारीमा जाँदा वा थप अध्ययनका लागि अर्को विश्वविद्यालयमा भर्ना गर्दा समकक्षताको प्रमाणपत्र लिन नपर्ने व्यवस्था गर्न लागिएको छ ।
काठमाडौँ उपत्यकाका नगरपालिकाले सहरी सौन्दर्य कायम राख्दै व्यवस्थित सहर निर्माणलाई तीव्रता दिएका छन् । काठमाडौँ उपत्यकाको मौलिक कला, सम्पदा र संस्कृतिलाई कायम राख्दै उपत्यकाका नगरपालिकाले व्यवस्थित सहरीकरणलाई तीव्रता दिएका हुन् । स्थानीय तहको पहिलो निर्वाचनपछि उपत्यकाका नगरपालिकाले सहरी विकास रणनीति, भूउपयोग मापदण्ड, भवन निर्माण, प्राचीन स्मारक क्षेत्रको संरक्षण, पूर्वाधार विकास, सहरी गरिबी न्यूनीकरणका योजना निर्माणलाई तीव्रता दिएका हुन् ।
झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका –६ महानन्द चोकमा मोटरसाइकल दुर्घटनामा घाइते अर्जुनधारा –६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ ।