रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा –३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा ८ को टिमले जितेको छ ।
जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबिच हालै सहमति भएको दुईहप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ । बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताउनुभयो ।
बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका –३ का २३ वर्षीय शनि चौधरीलाई पक्राउ गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताउनुभएको छ ।
चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान यो प्रक्षेपण सम्पन्न गरिएको हो ।
इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नु भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्लाको रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीका लागि आगलागी नियन्त्रणसम्बन्धी तालिम दिएको छ। आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरीसँगै नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रणको विषयमा तालिम दिएको हो।
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
प्यूठानको सदरमुकाम खलङ्गाको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा खाना महोत्सव हुन लागेको छ । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि चौथो खाना महोत्सव हुने भएको हो ।
क्रसर सञ्चालन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको मूल्य समायोजनको माग गर्दै गुल्मीका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो ।
पाल्पाको तानसेन नगरपालिका –३ शीतलपाटीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा ८५ ले घटेको छ ।