समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
जिल्ला आर्थिक गणना कार्यालय, पश्चिम नवलपरासीले राष्ट्रिय आर्थिक गणना–२०८२ का लागि प्रशिक्षण सुरु गरेको छ। वैशाख २ गतेदेखि फिल्डमा खटिने गरी छनोट भएका गणक र सुपरिवेक्षकका लागि पाँचदिने तालिम सुरु गरिएको हो।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
विगत ४७ वर्षदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्व नपाउँदा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ का स्थानीय बासिन्दा यतिबेला निकै मर्कामा परेका छन्।
जाजरकोट सदरमुकाम खलंगामा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ। करिब २० वर्षअघिदेखि यातायातका साधन सञ्चालनमा आए पनि व्यवस्थित बसपार्क नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेका हुन्।
स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ ।
ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ३६.८३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।
बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो ।
चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।
वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।
नेपाल शान्तिप्रिय देश हो । शान्ति स्थापनार्थ युद्धका विरुद्ध सधैँ पैरबी गर्दै आएको नेपालले संयुक्त राष्ट्रसङ्घमा शान्तिसेनामार्फत विश्वमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । युद्धले विनाश निम्त्याउँछ, शान्ति ल्याउँदैन । आजको अन्तरनिर्भर विश्वमा शान्ति र मेलमिलापको विकल्प युद्ध हुन सक्दैन । विश्वको कुनै एक ठाउँमा युद्ध सुरु भयो भने त्यसको असर सर्वत्र पर्छ । पश्चिम एसियामा भएको युद्धले सारा विश्व प्रभावित भएको छ । यसले विश्व अर्थतन्त्रलाई मात्रै चुनौती दिएको छैन, विश्ववासीकै उपभोक्ताको भान्सासम्म महँगी र अभाव उत्पन्न गराएको छ । इन्धनको आपूर्ति सहज नहुँदा मूल्यवृद्धि र अभाव सामना गर्नु परेको छ । ह
नेपालको आर्थिक विकासको बहसमा पुँजीगत बजेट अर्थात् विकास खर्चलाई मुख्य आधार मानिन्छ । पूर्वाधार निर्माण, उत्पादन वृद्धि र दीर्घकालीन आर्थिक रूपान्तरणका लागि यही खर्च निर्णायक हुन्छ । नेपालको सन्दर्भमा एउटा गम्भीर विरोधाभास देखिन्छ । बजेट कागजमा विकासमुखी देखिए पनि व्यवहारमा विकासको गति अपेक्षाकृत कमजोर देखिँदै आएको छ । यसको मूल कारण पुँजीगत बजेटको ऐतिहासिक प्रवृत्ति, यसको घट्दो अनु
घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन् ।
आमा बाबु, बा आमा, बुवा मुमा, माता पिता; जुनसुकै शब्द प्रयोग गरे पनि यो शब्दको अर्थ हुन्छ– परिवारको प्रमुख, अभिभावक । परिवारभित्र रहेका आफ्ना छोराछोरी सबैका लागि सुख, शान्ति, हित, कल्याण, उन्नति, प्रगतिका लागि दिलोज्यानले लाग्ने प्रमुख दम्पती, संरक्षक । त्यस्तै कुनै पनि मुलुकको सरकार भनेपछि समस्त मुलुक र मुलुकवासीको हित, कल्याण उन्नति प्रगतिका लागि रहेको राष्ट्रको अभिभावक संरक्ष
सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।