औषधी व्यवस्था विभागले औषधी फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ विभागले सूचना जारी गर्दै औषधी ‘लेभोफ्क्स-५००’ ट्याबलेट (एन्टिबायोटिक)फिर्ता गर्न सूचना जारी गरेको हो ।
शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्त्वपूर्ण मानिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ।
मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँका स्थानीय छेवाङ गुरूङ जाडो छल्न परिवारसँगै काठमाडौंलगायतको ठाउँमा गएपछि गाउँ सुनसान भएको छ ।
जाडो अत्यधिक बढेसँगै बाँकेका विभिन्न अस्पतालमा फेरि रगत अभाव भएको छ । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगत अभाग भएको भन्दै रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डसँगको मन्त्रालयको कार्यसम्पादन सम्झौताले बोर्डको स्वायत्ततामाथि नियन्त्रण नहुने बताउनुभएको छ।
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ ।
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माण भइरहेको केबुलकार निर्माणको विरुद्धमा फेरि आन्दोलनको घोषणा गरिएको छ । शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताउनुभएको छ। उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागत विरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्णरूपमा तयार रहेको चेतावनी दिनुभएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शुक्रबार काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको छ ।
एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।
पुस, वनभोजको महिना । अत्यधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् ।
संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो ।