गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेल जित्दै गण्डकी प्रदेश प्रहरी सेमिफाइनलमा पुगिसकेको छ ।
प्लाष्टिकले मल्चिङ गरिएको चिटिक्क परेका डिलहरु छन् । त्यसमाथि रोपिएका बोटमा लटरम्म फलेका फलहरु पाकेर मुखै रसाउने भइसकेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि दाङमा गणक तथा सुपरिवेक्षकलाई लक्षित गरी तालिम सुरु गरिएको छ ।
नेपालगन्ज सहरको अतिनै व्यस्त व्यापारिक क्षेत्र मानिने सुर्खेत रोडको धम्बोझी र पुष्पलाल चोकको मुख्य सडकको दुबैतर्फको अतिक्रमणलाई डोजरले भत्काउने कार्य चलिरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।
गुल्मी उद्योग बाणिज्य संघले आगामी वैशाख ११ गतेदेखि २३ गतेसम्म पाँचौ गुल्मी महोत्सव आयोजना गरेको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
रौतहटबाट पाँच जना लेखापढी व्यवसायीलाई प्रहरीले बिना प्रमाण नियन्त्रणमा लिएर थुनामा राखेको भन्दै लेखापढी व्यवसायीहरुले रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाइ ज्ञापन पत्र बुझाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभएको छ ।
मधेश प्रदेशका उद्यमीहरूलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरधाममा औपचारिक रूपमा सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
रौतहटको मौलापुर नगरपालिकाले आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।