अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष पर्यटक आगमनले नयाँ इतिहास रचेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल दुई लाख ९९ हजार आठ सय ३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।
प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले पश्चिम मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडिएको छ ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नु पर्ने बताउनु भएको छ । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उहाँले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।
गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । यस जिल्लाको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी छाप इश्मा भित्री कच्ची सडक खण्डमा राम्चेबाट पुर्कोटतर्फ जाँदैगरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ ।
गोरखाको आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध लगाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१, स्थित बुढीमोरङमा रहेको प्राचीन मोराङ्गे भनेर चिनिने मोराहाङ राजासँग जोडिएका अवशेष संरक्षणविहीन हुँदा ओझेलमा परेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले तस्करी नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमार्फत सात बुँदे ज्ञापन पत्र पठाएको छ ।
चिसो बढ्दै गएसँगै बैतडीका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै मानवीय सहयोगका कार्यक्रम अघि बढाइएको छ ।
बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
१३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा योगदान पुर्याउँदै आएका पत्रकार भोजराज थापा सम्मानित हुनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।