प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल तर्दै गरेका पर्यटक । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ ।
मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनीय रूपमा बढाएको छ । सरकारको यो कदम खाद्य सुरक्षासँगै ठूलो कृषिजन्य जनसङ्ख्यालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ ।
गुल्मीमा तोकिएकै समयमा सबै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मूल्य भन्दा महङ्गोमा खाने तेल बिक्री गर्न लागेको छ।
नेपाल पत्रकार महासङ्घ बाँकेले बहुउद्देश्यीय सभा हल निर्माण गरी सञ्चालनमा ल्याएको छ । बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सभाहल निर्माण भएको हो । सभाहलको बिहीबार उद्घाटन गरिएको छ।
स्वर्गद्वारी गुठी पीडित मोही किसानले मोही हक सुनिश्चित गर्न तथा गुठीसम्बन्धी कानुनी जटिलता अन्त्य गर्न माग गर्दै जिल्ला प्रशासन दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेको पश्चिम नवलपरासीको ऐतिहासिक भूमि सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले धेरै कटान गरेको पाँचसय मिटर क्षेत्रमा दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप-महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गर्नु भएको छ ।
नेपाली सेनाका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारले स्वास्थ्य सेवालाई स्थानीय स्तरमै विस्तार गर्न माग गरेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो ।
उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर-बम वारहेड जडित ब्यालेस्टिक मिसाइल प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदमले दक्षिण कोरियामाथि दबाब बढाउने मात्र नभइ, कोरियाली प्रायद्वीपमा तनाव अझ चर्काउने देखिएको छ ।
महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्वर सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहितप्रसाद ठाकुर मनोनयन हुनुभएको छ।