वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै, राप्ती समाज काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रिय रापती म्युजिक अवार्ड–२०८२ काठमाडौँमा सम्पन्न भएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुन्तला उत्पादनमा देशकै अग्रणी जिल्ला स्याङ्जामा यस आर्थिक वर्षमा एक अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
मोदी गाउँपालिका– १, भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८, रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उपल्लो मुस्ताङमा सन् २०२४ को तुलनामा विदेशी पर्यटक घटेका छन् । यसवर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यटक जेनजी आन्दोलन तथा जेलबाट कैदीबन्दी भागेपछि असुरक्षित महसुस गर्दै बुकिङ रद्द गरेकाले पर्यटकको आगमनमा कमी आएको हो ।
सर्वोच्च अदालतको आदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगले पुनः वैधानिकता पाएसँगै पश्चिम नवलपरासी जिल्लामा रोकिएको जग्गा नापजाँचको कार्यले तीव्रता पाएको छ ।
उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्र अन्र्तगत चुमनुब्री गाउँपालिका अन्तर्गतको जगत क्षेत्रमा लोपोन्मुख हिमाली ग्रिफन गिद्धको सफल उद्धार गरिएको छ । रुखका हाँगामा अड्किएर उड्न नसकेको अवस्थामा उक्त गिद्धलाई स्थानीय बासिन्दाले फेला पारी मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) लाई जानकारी गराएका थिए । स्थानीय प्रहरी, संरक्षण क्षेत्र व्यव
भिक्टोरिया क्रस विजेता कर्णबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रदर्शन गरेको साहस, बलिदान र कर्तव्यनिष्ठताका कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेको गाउँ भनेर चिनिने यहाँको भार्सेमा लाहुरेको इतिहास जीवित राख्न र अध्ययन केन्द्र बनाउन भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी निर्माण गरिएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका १४ वटै वडाका ७७ वर्ष माथिका ५७५ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाअन्तर्गत ब्लाङकेट वितरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका–४, धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको मृत्यु जिपको ठक्करबाट भएको बताए पनि परिवारजनले अझै विश्वास गरेका छैनन् । परिवारजनले घटना रहस्यमय भन्दै थप अनुसन्धानको माग गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
कास्की कारागारबाट भागेका दुई जना कैदी लमजुङबाट पक्राउ परेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका दुई जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको आदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगले पुनः वैधानिकता पाएसँगै पश्चिम नवलपरासीमा रोकिएको जग्गा नापजाँचको काम फेरि सुरु भएको छ । आयोगले काम सुरु गरेपछि विगत केही समयदेखि अन्योलमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अब निष्कर्षतर्फ लाग्ने देखिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका-१२ स्थित रहेको धारापानी पर्यटकको रोजाइमा परेको छ ।धारापानीको प्रकृति सुन्दर र मनमोहक दृश्यले पर्यटकको ध्यान तानेको हो ।
स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ ।