राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ ।
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको बिरेखोला बस्ती बुढीगङ्गाखोला कटानको जोखिममा पर्दै आएको छ । २०७७ साउन २८ गते बुढीगङ्गाखोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि बिरेखोला बस्ती कटानको जोखिममा रहँदै आएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेद्वार समावेश भएका छन् ।
हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको एउटा विद्यालयमा प्राविधिक धारको पठनपाठन भएसँगै विद्यार्थीलाई सहज भएको छ । आफ्नै गाउँमा बसेर चाहना अनुसार प्राविधिक धारको विषय अध्ययन गर्न पाएपछि आर्थिक तथा अन्य विषयमा पनि सहज भएको हो । शिक्षा तथा मानव संसाधन विभागको अनुमति लिएर ताँजाकोट गाउँपालिकाको जनप्रकाश माध्यमिक विद्यालयमा लागु भएको कृषितर्फको प्राविधिक धारको विषय पढ्ने चाहना भएका विद्यार्थीले सस्तो र सहज रूपमा अध्ययन गर्न पाएका सो विद्यालयको कृषिधारमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी अकिल बुढाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको छ महिनामै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन गर्दै छ । ऐन कार्यान्वयनमा समस्या आएपछि प्रदेश सरकारले बनाएको छोटो अवधिमै ऐन संशोधन गर्न लागेको हो । गत असार १५ गते सरकारले यो ऐन जारी गरेको थियो । ऐनमा भएका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले नै यस ऐनविरुद्ध २० वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर गरेका छन् ।
असल कर्म नगरी देश बन्दैन । असल कर्म गर्न असल चरित्र र नैतिकता चाहिन्छ । भ्रष्ट चरित्र देशका लागि क्यान्सर हो । नेपालसँगैका मुुलुकहरूले अथक मेहनत र परिश्रम गरी समृद्धि र सुशासन चुमे । नेपाल अझैसम्म गरिबीमुक्त हुन सकेन । समृद्धि र सुशासन सपना मात्रै बन्यो । सात सालदेखि अहिलेसम्म विभिन्न आन्दोलन भए । उन्नत राजनीतिक व्यवस्था आयो । नागरिक अधिकार सम्पन्न भए । संविधानमा धेरै कुरा लेखियो । नागरिकको अपेक्षा र आकाङ्क्षा सम्बोधन गर्दै मुलुकलाई सुशासन र समृद्धितर्फ लैजान भने नराम्ररी चुकियो । व्यवस्था राम्रो भए पनि व्यवस्था
दोलखाको वैतेश्वर गाउापालिका–३ मिर्गेका सयौंँ किसानले गरेको एक घर– एक करेसाबारी अभियानले कृषिमा विस्तार गरेपछि पछिल्ला वर्षहरुमा कृषि खेतीपातीमार्फत आम्दानी लिँदै आएका छन् ।
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी विगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। (उत्तर दिशामा अवस्थित जहाँ देवताको आत्मा बसोबास गरेको छ, त्यहाँ हिमालय नाम गरेको पर्वत शृङ्खला छ र त्यस पर्वत शृङ्खलामा एक राजा (सबैभन्दा अग्लो) पर्वत छ । त्यस पर्वतको पूर्व पश्चिमबाट ठुला नदी बगेर समुद्रमा मिसिन्छ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
अङ्ग्रेजी नयाँ वर्षमा धनकुटाको भेडेटार भारतीय पर्यटकले भरी भराउ भएको छ । नयाँ वर्षको अघिल्लो दिन डिसेम्बर ३१ वाटै भेडेटार आउन थालेका भारतीय पर्यटक जनावरी १ मा भने झन् खचाखच भएको छ ।
अर्जुनचौपारी गाउँपालिका-१ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउन्डेसनले दुई वटा कम्प्युटर सेट प्रदान गरेको छ ।
नेपाल यतिबेला इतिहासको एउटा संवेदनशील र निर्णायक मोडमा उभिएको छ । चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण केवल दलगत प्रतिस्पर्धामा सीमित नरही आशा र भयको सङ्गममा रुमलिएको छ ।
कृषि उद्योग र सेवा तिनै क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, उत्पादन, भण्डारण, प्रशोधन, सञ्चय, ओसारपसार, वितरण र उपभेगसँग जोडिएका आर्थिक क्रियाकलापको योगबाट समष्टिगत अर्ततन्त्रको संरचना निर्माण हुन्छ ।
भिक्टोरिया क्रस विजेता गुल्मेली स्वर्गीय कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रर्दशन गरेको सहास, बलिदान र कर्तव्यनिष्ठाताको कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो ।