देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत भदौको जेनजी आन्दोलनका कारण नेपाल भित्रने पर्यटक घट्न सक्ने अनुमानविपरीत विदेशी पर्यटकको सङ्ख्या भने बढेको छ । नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी विश्लेषणात्मक तथ्याङ्क अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन त्यसअघिको सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो । सो वर्ष ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । नेपालमा अभौतिक सम्पत्ति कारोबारबारे राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबारमा युवापुस्ता धेरै संलग्न रहेको औँल्याएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण र कार्यान्वयनसमेतको जिम्मेवारी पाएका स्थानीय तहहरूलाई स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
गोरखापत्रकर्मी इश्वरचन्द्र झालाई मातृशोक परेको छ । उहाँकी आमा इन्दुदेवी झाको ८१ वर्षको उमेरमा बिहीबार धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित घरमा निधन भएको हो ।
नेपाल भ्रमणमा आउने विदेशी नागरिक अनिवार्य निगरानीमा परेका छन् । सरकारमातहत रहेको अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमार्फत देशको सुरक्षा व्यवस्थासँगै प्रणालीबाट सरकार, पर्यटन सम्बन्धित निकाय तथा एकीकृत सूचना प्रणाली अभिलेखीकरण गर्ने गरी उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन सामग्री खरिदलगायत प्रक्रिया अगाडि बढाएको छ । आयोगले यसअघि खरिद गरी मौज्दात रहेकाबाहेक अन्य सामग्री खरिद गर्न लागेको हो । आयोगको केन्द्रबाहेक प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट हुने खरिदका लागि पनि अख्तियारी प्रदान भइसकेको छ । निर्वाचनका लागि दुई महिना अवधि बाँकी रहेको अवस्थामा आयोगले आन्तरिक तयारीलाई समेत तीव्रता दिएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट २ जना पर्नुभएको छ ।
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । बगैँचामा रोगको प्रकोप बढेसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले उत्पादन घट्ने कृषि विकास कार्यालय सल्यानको अनुमान छ ।
विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो।
वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ।