• २६ चैत २०८२, बिहिबार

आत्मनिर्भरता अभिवृद्धिमा जीवन सुधार परियोजनाको प्रभाव

blog

सञ्चालित परियोजनाको अनुगमन गरिँदै । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा(कपिलवस्तु), चैत २६ गते । 
दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (युएमएन)को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको छ । युएमएनका कार्यकारी निर्देशक धना लामाले यशोधरा गाउँपालिका–१ रजवापुर तथा वडा नं. ३ बहडिलवामा सञ्चालन भइरहेका गतिविधिको अवलोकन गर्नुभएको हो ।

अनुगमनका क्रममा रजवापुरस्थित यशोधरा आत्मनिर्भर समूहले सञ्चालन गरेका विभिन्न आय आर्जन मूलक व्यवसायबारे जानकारी लिइएको थियो । बहडिलवामा रहेको चाँदनी एकीकृत फार्ममा भर्मिकम्पोस्ट मल उत्पादन तथा भर्मी वास प्रविधिबारे समेत छलफल गरिएको थियो ।

कार्यकारी निर्देशक धना लामाले परियोजनाअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रम सन्तोषजनक रहेको बताउँदै यसले स्थानीय समुदायको आयआर्जन वृद्धि र आत्मनिर्भरता विकासमा सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो । उहाँले कार्यक्रमलाई दिगो बनाउन थप समन्वय र विस्तार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले भर्मिकम्पोस्ट उत्पादनमा संलग्न कृषकहरूले उत्पादनसँगै बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उत्पादनलाई बजारसँग जोड्न सके कृषकको आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

अनुगमनमा जीवन सुधार परियोजनाका परियोजना अधिकृत रमेशप्रसाद कुर्मी, परियोजना व्यवस्थापक शिपुरा महतो लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय समूहका सदस्यहरूले सञ्चालन गरेका व्यवसाय तथा प्रविधिबारे अनुभव आदान प्रदान समेत गरिएको थियो ।