• २६ चैत २०८२, बिहिबार

यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागको निधन

blog

समाजसेवी स्व. प्रयागलाल यादव । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह 
राजविराज, चैत २६ गते ।
यादव सेवा समितिका पूर्वअध्यक्ष तथा समाजसेवी, अवकाशप्राप्त इन्जिनियर प्रयागलाल यादवको निधन भएको छ।

छिन्नमस्ता गाउँपालिका–४ लालापट्टी स्थायी घर भई हाल राजविराज नगरपालिका–५ मा बसोबास गर्दै आउनु भएका यादवको ७५ वर्षको उमेरमा आफ्नै निवासमा बिहीबार निधन भएको हो।

उहाँ लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो। यादव जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अशोककुमार यादवका पिता हुनुहुन्छ। मृतक यादवको एक श्रीमती र तीन छोरा हुनुहुन्छ।

उहाँको निधनप्रति जसपाका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री उमेशकुमार यादवलगायत यादव सेवा समिति तथा विभिन्न संघ संस्थाहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

मृतक यादवको बिहीबार गृह गाउँ लालापट्टीमा दिउँसो अन्तिम संस्कार गरिने पूर्वमन्त्री उमेशकुमार यादवले जानकारी दिनुभयो।