सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाल आज एउटा निर्णायक मोडमा उभिएको छ । दशकौँसम्मको राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, संरचनागत परिवर्तन, प्राकृतिक विपत् र आर्थिक असमानताले देशको विकास यात्रालाई पटक पटक अवरुद्ध बनाएको छ । यी सबै चुनौतीबिच नेपालसँग आज आफ्नो
राज्यका प्रमुख अवयव (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा संवैधानिक आयोग) द्वारा निर्मित ऐननियम तथा नीतिहरू सेवाग्राहीसमक्ष सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने काममा सघाउनका लागि हो । आमनागरिकमा सेवा प्रवाह गर्ने स्थायी संयन्त्र सार्वजनिक प्रशासन हो । नेपालको सार्वजनिक प्रशासन भने खस्किएको महसुस सेवाग्राहीले गर्दै आएका छन् । सेवा प्राप्त गर्ने क्रममा नागरिक आफू ठगिएको अ
बाङेचौर खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आज सेमीफाइनल खेल हुँदैछन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँजाँदै गरेको बस गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो।
१०० वर्ष अघिको गोर्खापत्र
सप्तरी प्रहरीले १० वर्षअघिको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ का शिवकुमार साहलाई बुधबार राजविराज ६ बाट पक्राउ गरिएको हो ।
नेपाली वाङ्मयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । एपेक नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘विश्व–ज्योति काव्य सम्मान–२०८२’ अग्रज कवि तथा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ लाई प्रदान गरेको छ । यस सम्मानका साथ नगद राशि ५१ हजारसमेत प्रदान गरिएको छ । उक्त अवसरमा ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार–२०८२’ सुर्खेतकी लघुकथाकार हिमा रोका ‘प्रतिज्ञा’ लाई प्रदान गरिएको छ । रोकाको लघुकथाकृति ‘प्रतिज्ञा’ को पाण्डुलिपिलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
विश्व बैङ्कले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार पश्चिम एसियामा जारी द्वन्द्व र २०८२ भदौको जेनजी आन्दोलनका असर कारण नेपालको आर्थिक वृद्धिदर २.३५ मा सीमित हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ४.६५ झन्डै आधा कम हो । पुनर्निर्माण कार्य, जलविद्युत्को निरन्तर विस्तार र २०८४ मा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आव २०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४.४५ पुग्ने अपेक्षा गरिएको पनि विश्व बैङ्कले गरेको छ ।
नेपाल उद्योग वणिज्य महासङ्घको वार्षिक साधारण सभा अन्तिम समयमा रोकिएको छ । उच्च अदालत पाटनको आदेशले चैत २९–३० गतेका लागि तय भएको ६० औँ वार्षिक साधारण सभा स्थगित भएको हो । अदालतको आदेशानुसार महासङ्घको निर्वाचन कमिटीले सूचना जारी गर्दै साधारण सभा स्थगित गरेको हो । नेपाल पेट्रोलिय ढुवानी व्यवसायी महासङ्घसमेतको रिटमा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको मागबमो
भिरबाट सल्यानमा एकजनाको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका–६ मल्चा निवासी ५९ वर्षीय प्रेमबहादुर कामीको सोहि स्थानस्थित चिसापानी भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र सुदृढ बनाउन तिनै तहका सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरको २४ औँ साधारण सभा तथा १८ औँ अधिवेशनको बिहीबार हेटौँडामा उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई अगाडि बढाउन स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने नीति लिनु आवश्यक भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत दशौं बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९६ पैसा र बिक्रीदर १४८ रुपियाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।