• २७ चैत २०८२, शुक्रबार

लुम्बिनी प्रदेश सभाको दशौं बैठक बस्दै

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत २७ गते।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत दशौं बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।

त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।