स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा ८५ ले घटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले व्यापारव्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गर्नुभएको छ ।
सरकारले डिजिटल सुशासन सुदृढ गर्ने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको छ।
विगतमा घरधन्दा र खेतीपातीमा मात्रै सीमित तनहुँका ग्रामीण महिला पछिल्लो समय घरबास (होमस्टे) सञ्चालनमार्फत आत्मनिर्भर बन्दै गएका छन् ।
बाँकेको खजुरामा पहिलोपटक खजुरा गोल्डकप आयोजना हुँदैछ । लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको खजुरा डि गाउँस्थित मिनी रङ्गशालामा पहिलोपटक गोल्डकप हुन लागेको आयोजक न्यु डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो ।
हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी दिएको छ । यसको मुख्य कारण मध्यपूर्व क्षेत्रमा भइरहेको युद्ध हो, जसले विश्वभर गम्भीर आर्थिक असर पारिरहेको छ ।
सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जीर्ण अवस्थामा रहेका अवैध साइकल र अवैध काठ गोलिया लिलाम बिक्री गरेको छ।
नेपाली सेनाले शुक्रबारदेखि चौथो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण तथा इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाको रुद्रध्वज गणका गणपति बिओध रिजालले बताउनुभयो।
सुदूरपश्चिम प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशका सञ्चार क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउने प्रदेश सभा सदस्यले बताउनुभएको छ । विधेयकमाथि प्रदेश सभामा छलफल गर्नुहुँदै उहाँहरूले विधेयकले सञ्चार जगत्लाई थप व्यवस्थित र जिम्मेवार बनाउने बताउनुभएको हो । प्रदेश सरकारले ल्याएको यो विधेयकले विचार अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचना पाउने नागरिकको अधिकारलाई संरक्षण गर्ने प्रदेश सभा सदस्य तुलसी देवकोटाले बताउनुभयो ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अवरोधले गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकले जमिन भोगचलन गर्न नपाएको गुनासो गरेका छन् । विगत छ दशकदेखि दसगजा क्षेत्रमा लालपुर्जासहितको जमिनमा खेती गर्दै आएका यहाँका कृषकले पछिल्लो केही वर्षयता भोगचलन गर्नबाट वञ्चित पारिएको गुनासो गरेका हुन् ।
कर्णाली प्रदेश सरकारले अपूरा आयोजना निर्माण गर्ने नीति लिएको छ । प्रदेशमा निर्माण थालिएका आधाभन्दा धेरै योजना अधुरै छन्, त्यसलाई खोज्ने काम सरकारले सुरु गरेको छ । निर्माण सुरु भएर बर्सौंसम्म आयोजना अलपत्र पर्ने गरेका धेरै उदाहरण छन् । शैक्षिक पूर्वाधार निर्माणमा सबैभन्दा धेरै यस्तो समस्या देखिएको बताइएको छ । बेला बेला भइरहने सरकार परिवर्तन तथा बजेट अभावमा अलपत्र बनेका पूर्वाधार निर्माण गर्न लागिएको हो ।
सर्केगाड गाउँपालिका–२ को खडीखेतका स्थानीयका लागि रिपगाउँबाट ल्याएको पाइपलाई तारमा बाँधेर कर्णाली नदी पार गराई खानेपानीको व्यवस्था गरिएको छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ स्थानीयले नयाँ जुक्ति निकालेर तारमा खानेपानीको पाइप बाँधेर पानी ल्याउने व्यवस्था गरेको छ ।
लमजुङको ग्रामीण क्षेत्रबाट उठेर राष्ट्रिय राजनीतिमा पुगेकी नेकपा (एमाले) की नेतृ टुकाभद्र हमालले दोस्रो पटक संसद्को यात्रा तय गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेम सङ्घ) को केन्द्रीय अध्यक्ष हमाल खसआर्य महिला क्लस्टर अन्तर्गत प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको हो ।
नेपालगन्जस्थित होटल पौवाले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा ‘स्वाद उत्सव’ सुरु गरेको छ।