सुदूरपश्चिम प्रदेश सभा बैठकले स्थानीय सेवा, दलित र जनस्वास्थ्य ऐन संशोधन गर्ने बाटो खोलेको छ ।
बाल्य र युवावस्थामै राजनीतिलाई नजिकबाट नियाल्नुभएका उहाँलाई राजनीतिमा स्थान बनाउन ठुलो सङ्घर्ष गर्नु परेन । विसं २०१५ अघिदेखि नै उहाँको परिवारसँग कांग्रेसको ‘लिगेसी’ थियो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले विवाहित महिला (बुहारी) लाई कम्प्युटर तालिम दिने तयारी गरेको छ । नगरपालिकाभित्रका विवाहित महिला अर्थात् बुहारीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने तयारी गरिएको हो ।
रुपन्देही र कपिलवस्तु जोड्ने बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजना तीव्र गतिमा अघि बढेको छ । बहुवर्षीय सडक विस्तार आयोजना चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई कार्यान्वयन गरिरहेका छन् ।
घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँकी उमा थकालीले सञ्चालन गरेको घरबास (होमस्टे) सिजनमा व्यस्त हुने गरेको छ। पर्यटक सिजनमा मुस्ताङका होटलहरू खचाखच भरिए पनि नियमित पर्यटकको आगमनको प्रतीक्षामा होमस्टे रहेको छ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुनः उत्खनन कार्य सुरु गरिएको छ ।
शारीरिक सुगठनमा स्थापित नाम रजनी श्रेष्ठले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको सफल प्रतिनिधित्व गर्नुभएको छ । शारीरिक सुगठनबाटै नाम कमाउनुभएकी उहाँको परिचय यतिबेला फेरिएको छ । उहाँ अब सङ्घीय संसद्को माननीय बन्नुभएको छ ।
बिरुवा गाउँपालिकामा ३९ जना आँखाको मोतीयाबिन्दुका बिरामी भेटिएका छन् । यहाँ पालिकाले विएम पाउण्डेसन र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा मोतीयाविन्दुका बिरामी फेला परेका हुन् ।
आर्थिक वर्ष समाप्त हुन तीन महिना केही दिन मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रममा समावेश गरेका योजनामध्ये करिब ४८ प्रतिशत योजना अझै सम्झौता हुन सकेका छैनन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरले नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पु¥याउने काम गरेको छ । पछिल्ला केही वर्ष समयमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको अध्ययन प्रभावित हुँदै आएकामा यो शैक्षिक सत्रअगावै प्रादेशिक कार्यालयले चैत १६ गतेदेखि सात जिल्लामा पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले सूचीकृत स्टेसनरी पसलमार्फत विद्यार्थीसम्म पाठ्यपुस्तक पु¥याउने काम भएको जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा