• २७ चैत २०८२, शुक्रबार

बिरुवामा ३९ जनामा आँखाको मोतीयाबिन्दु

blog

विएम पाउण्डेसन र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा स्वास्थ्य शिविर । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत २७ गते ।
बिरुवा गाउँपालिकामा ३९ जना आँखाको मोतीयाबिन्दुका बिरामी भेटिएका छन् । यहाँ पालिकाले विएम पाउण्डेसन र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा मोतीयाविन्दुका बिरामी फेला परेका हुन् ।

यहाँको वडा नं –३ को कार्यालय खाली, वडा नं–६ को बिरुवा अस्पताल चिन्नेबास र वडा नं –४ को ओरस्टे स्वास्थ्य चौकीमा गरिएको शिविरमा बिरामी भेटिएको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।

तीन ठाउँमा तीन दिन चलेको शिविरमा ५११ जनाले आँखाको परीक्षण गरेकोमा ३९ जनामा मोतीयाविन्दु भेटिएको हो ।

खालीमा १२४ जनाले आँखाको परीक्षण गराएकोमा १२ जना, बिरुवा अस्पतालमा २१७ जनाले परीक्षण गरेकोमा २० जना र ओरस्टेमा १७० जनाले परीक्षण गराएकोमा सात जना मोतीयाविन्दुका बिरामी भेटिएको कुँवरले बताउनुभयो ।

शिविरमा उमेरको हिसाबले ४० वर्षभन्दा माथिकाले आँखा परीक्षण गरेको पालिका जनस्वास्थ्य निरीक्षण्क गगन सिहँ थापाले जानकारी दिनुभयो ।

शिविरमा दृष्टि विज्ञ सरफत अली र  नसिफा अन्सारीसहित १५ जनाको स्वास्थ्य टोलीले आँखाको परीक्षण गरेको थियो । मोतीयाविन्दु देखिएका सबै बिरामीको वैशाखको दोस्रो हप्ता पालिकाले नै निःशुल्क अप्रेसन शिविर सञ्चालन गर्ने कुँवरले बताउनुभयो ।