प्रकाशविक्रम शाह
धनगढी, चैत २७ गते । सुदूरपश्चिम प्रदेश सभा बैठकले स्थानीय सेवा, दलित र जनस्वास्थ्य ऐन संशोधन गर्ने बाटो खोलेको छ ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेवुल गर्नुभयो ।
यस्तै, गरेर उहाँले दलित शसक्तिकरण ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक पनि पेश गर्नु भएको थियो । सो विद्येयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।
सो विधेयकमा परेका संशोधनबारे पनि समितिमा छलफल हुने बताइएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन विधेयक २०८२ को प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।
विधेयन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले सो प्रतिवेदन समितिमा दफावार छलफलपछि प्रदेशमा पेश गर्नुभएको हो ।
सो विधेयक प्रदेश सभामा छलफल भएपछि पारित हुने प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बताउनुभयो । प्रदेश सभाको अर्को बैठक चैत २७ गते बस्ने सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो ।