• २६ चैत २०८२, बिहिबार

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा सभामुख अर्याललाई बधाई

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल (दायाँ) ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २७ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर अध्यक्ष दाहालले कार्यकाल सफलताको शुभकामना दिनुभएको हो । 

भेटका अवसरमा दुई सदनबीचको समन्वय, संसदीय गतिविधि तथा विचाराधीन विधेयकहरूका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

सो क्रममा सभामुख अर्यालले अध्यक्ष दाहाललाई धन्यवाद ज्ञापन गर्दै संसदीय गरिमालाई उच्च राख्न र सदनलाई जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।