कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जुम्लाको सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर सिँ जा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको हो । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलसहितको टोली मन्त्रालयमा पुगी माग गरिएको छ । २०६७ सालमा स्थापना भएको क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालय कहीँबाट पनि आङ्गिक हुन नसकेका कारण ओझेलमा पर्दै गएको भन्दै टोली मन्त्रीसँग सो माग गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसलाई उछिनेर अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो दल बन्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले एकता गरेर नेकपा निर्माण गरेकाले सो पार्टी प्रदेश सभामा ठुलो दल बन्ने भएको हो । प्रदेश सभामा माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) पार्टीका चार प्रदेश सभा सदस्य छन् । नेकपाको सदस्य सङ्ख्या २१ पुग्ने देखिन्छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) सिरहाले सरस्वती पूजाको नाममा भित्रिएको विकृतिमा यस वर्षदेखि रोक लगाउने निर्णय गरेको छ ।
बाँकेमा पुसको सुरुवातसँगै बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । पुस लागेयता घाम नलागेका कारण बढेको चिसोले विपन्न तथा मजदुरलाई बढी प्रभाव पारेको छ । यसै परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा राहत सुरु गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हस्तकला उद्योगलाई स्थानीय उत्पादन, आत्मनिर्भरता, परम्परागत सिप संरक्षण, आर्थिक सशक्तीकरण र ग्लोबल मान्यतासँग जोडेर अघि बढाउन केन्द्रित छन् । मोदीले स्थानीय ह
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
जेनजीले मुलुकमा राजनीतिक अस्थिरता र व्याप्त भ्रष्टचार अन्त्य, सुशासन प्रवर्धन, सामाजिक न्याय, सामाजिक सञ्जालको निर्बाध प्रयोग, बेरोजगारी अन्त्यसँगै, रोजगारी सिर्जनाको माग राखी गएको भदौ २३ गते आन्दोलन गरे । आन्दोलनले देशमा अवसरको खोजी गरिरहेका युवाको सपना बोकेको थियो । आन्दोलन आन्दोलनकारीको नियन्त्रणबाट बाहिर जाँदा कलिला
ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भदौ २४ गते सङ्खुवासभा जिल्ला सिलिचोङ–३ ताम्कुका मालती कुलुङ आफ्नै बारीमा कोदो गोड्दै हुनुहुन्थ्यो । उहाँको श्रीमान् बालकिशोर छिमेकीलाई सघाउन जानुभएको थियो । बालकिशोरको मोबाइल घरमै चार्जमा थियो ।
हिमाली जिल्ला म्याग्दीका छ मध्ये ४ वटा स्थानीय तहमा बन्नु पर्ने अस्पतालहरु सबै अन्यौलमै छन् । दुई अस्पताल निर्माण बिचमा अलपत्र छ भने एउटा भवन बनेर बेबारिस बन्दा अर्को अस्पताल भवन निर्माण गर्ने ठाउँकै टुङ्गो लाग्न सकेको छैन ।
हिमाल सधैँ मौन देखिन्छ । सेतो, स्थिर र अडिग तर यही मौनताभित्र आज एक चिच्याहट लुकेको छ, जुन जलवायु परिवर्तनले जन्माएको पारिस्थितिक असन्तुलनको परिणाम हो । विश्व तापमान वृद्धि, अनियमित वर्षा, हिमनदीको
संस्कृत भाषाको शिर अस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा ‘शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस’ भनेर वर्णन गरिएको छ । कानमा लगाउने गहनालाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, शिरमा लगाउने शिरफूल, शिरबन्दी, गलामा लगाउने ग
थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार (पुस १९ गते) आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएका छ ।
कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०८० चैत ११ गते पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनाको सम्बन्धमा प्राप्त जाहेरीको आधारमा घटना पश्चात फरार रहेका स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको हो ।