• २७ चैत २०८२, शुक्रबार

कांग्रेसले भन्यो– उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई मत हाल्नु

blog

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ।

काठमाडौँ, चैत २७ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । उहाँले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई निर्देशन दिइएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नका लागि अनौपचारिक रूपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भए पनि त्यसको सूचना सबै माननीयज्यूहरूलाई दिनका लागि बैठक बसेको हो ।”

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उपसभामुख पदमा ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी छ ।