बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडावासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्त उब्जनीयोग्य जमिन भए पनि त्यस क्षेत्रमा पुस्तौँदेखि हालसम्म सिँचाइ सुविधा छैन।
सपना त रोप्नुपर्ने रहेछ जमिन नै नभए पनि । पानीको आसमा मात्र हैन मरुभूमिमा पनि बिउ त छरिराख्नुपर्ने रहेछ । वर्षा त अकस्मात् हुने रहेछ । विश्वासको ब्यिाडमा सम्भावनाको सलिला नित्य लहराउँछ । सुकेर पराल भइसकेका सपनाका जरा ढुङ्गामा भए पनि सार्दै जानुपर्ने रहेछ । आशाका जरा त पुनः बाँच्दा रहेछन् । बर्सौंअघि देखेकी थिएँ हेलम्बुमा बसेकी राजेश्वरीलाई । मस्तिष्कको क्यानभासमा राजेश्वरीको शृङ्गारिएको मुहार कोरेकी थिएँ । आज पनि देख्छु, उद्देश्यले भरिएका ती तेजस्वी आँखा । फेरि तुरुन्तै देख्छु, अनायासै फुस्किएका राजेश्वरीका केश । दन्कँदो चि
पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
वनवाटिका लतामञ्जरी सारा छन् पुनर्रचित । जाडो गर्मी दुवै समान मौसम झन् सुसज्जित ।। पशुपन्छी भमरा सारा सूरताल भर्दछन् । कुहूँ–कुहूँ स्वर भर्दै कोयली गीत छर्दछन् ।
म त्यही काँध हुँ– जो तपाईं दुःखको खाडलमा खसेको बेला भ¥याङ बनाएर उक्लिनुभएको थियो– माथि म त्यही आँखा हुँ–
धेरैपछि लेख्न बसेँ, गजल बन्यो कि गीत बन्यो कथा भयो या कविता, भग्न मनको मित बन्यो । अस्ताचलमा डुबे रवि, अन्धकार छ पूर्व क्षितिज तप्किएर आँखा राति बिहानीको शीत बन्यो ।
उपन्यास ‘कमला’ नेपाली समाज र परम्परालाई सँगै राखेर लेखिएको समाजभित्रको यथार्थ हो । उपन्यासमा कमला पात्रको जीवन भोगाइ र पात्रले बाँचेको समयको सचित्र वर्णन पाइन्छ । एक महिला जो कर्ममा जोड दिन्छिन्, समाजले के भन्ला भन्ने डर उनमा छैन । सधैँ काममा आफूलाई व्यस्त बनाइरहने कमलाको स्वभाव छ । कमलाकी साथी द्रौपदीसँगको सम्बन्ध रोचक अनि रमाइलो छ । उन्यासकारले दुई परिवारबिचको
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको प्राङ्गणमा पुग्दा विद्यार्थी आएर आआफ्ना कक्षाकोठा सफा गरिसकेका थिए । अफिसको चाबी खोलेर सफा गरी सबै सामान यथास्थानमा मिलाएर राखेछन् । पालो बाँडेर विद्यार्थी आफैँले विद्यालयको सरसफाइ गर्ने, घन्टी
सन् १९५५ फेब्रुअरी । अमेरिकाको अलाबामाबाट कोलम्बियाको कार्टाजेनातर्फ गइरहेको एउटा जङ्गी जहाजको चालकदलका आठ सदस्य समुद्री आँधीका कारण क्यारिबियन सागरमा खसे । खबर पाउनासाथ खोजी तथा उद्धार कार्य थालियो । चार
अग्लो र कसिलो शरीर । बलिष्ठ पाखुरा । मिलेको जिउ र आकर्षक चेहरा । एक समय यस्तो मान्यता थियो, चलचित्रका नायकनायिका भनेपछि । त्यही मान्यतामा स्थापित भएका नायकहरू हुन्– ‘माइतीघर’ का सिपी लोहनी, ‘सिन्दूर’ का विश्व बस्नेत, ‘जीवन रेखा’ का शिव श्रेष्ठ र ‘जुनी’ का भुवन केसी । राजेश हमाल, आर्यन सिग्देल, निखिल उप्रेती, विराज भट्टलगायत नायकहरू यही मान्यताको निरन्तरता हुन् ।
सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्तका सम्बन्धमा कानुनी व्यवस्था गर्ने उद्देश्यले प्रदेश सरकारले गत असार १५ गते स्थानीय सेवा जारी गरेको थियो । यो ऐनले प्रदेशभित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने सरकारको अपेक्षा छ ।
रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक खण्डमा रहेका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ।
जुम्लाको हिमा गाउँपालिका–६ का भीमबहादुर अधिकारीले ७१ वर्षीय बुवा कलबहादुरको उपचारका लागि बुधबार एम्बुलेन्समा सुर्खेत हुँदै नेपालगन्जको यात्रा तय गर्नुभयो । झन्डै एक हप्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले कलबहादुरलाई न्युरो सर्जरीका लागि नेपालगन्ज ‘रिफर’ गरेका थिए ।
हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु भएको छ। खराब मौसम तथा एयरलाइन्सका जहाज नेपालगन्जमा उपलब्ध नभएकाले हवाई सेवा अवरुद्ध भएको हो।