हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ३० गते । मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने विषयको उत्तरपुस्तिकाको परीक्षण जिल्लामै गरेको छ । जिल्लामा एक मात्रै विषय पढाइ हुने प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ र बाली विज्ञान, भुगोल, जनसङ्ख्या, स्वास्थ्य, बौद्ध शिक्षा र भाट विषयको उत्तरपुस्तिकालाई राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको ईकाइका सूचना अधिकारी चन्द्रसिंह बिकले बताउनुभयो ।
नालन्द बौद्धिष्ट स्कलु र उपल्लो मुस्ताङको लोमान्थाङमा रहेको पाल एवम् नाम्ग्याल गुम्बामा बौद्ध र भाट विषयमा पढाइ हुन्छ । माध्यामिक शिक्षा परीक्षा सञ्चालन व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ का अनुसार आफ्नो विद्यालयको शिक्षकले आफ्नो विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने भएकाले उत्तरपुस्तिका बोर्डमा पठाइएको सूचना अधिकारी बिकले बताउनुभयो । निर्देशिका अनुसार ईकाइभित्र कडा निगरानीमाएउटा विद्यालयको शिक्षकले अर्को विद्यालयको विद्यार्थीको परीक्षण गरिएको बिकको भनाइ छ ।
जिल्लाको एकमात्रै सदरमुकाम जोमसोमस्थित जनहित मावि परीक्षा केन्द्रमा ९ सामुदायिक, १ निजी र २ धार्मिक विद्यालयबाट नियमितमा छात्र १०१ जना र छात्रा ८५ जना, ग्रेड वृद्धितर्फमा ६ जना छात्र, ६ जना छात्रा गरी १९८ परीक्षार्थी परीक्षमा सहभागि भएका थिए । जिल्लामा जनहित मावि, जनआदर्श अमरसिहं मावि, ज्ञानोदय मावि, योगेन्द्र मावि, जनवाल मावि, जनशान्ति मावि, जनहित खुल्ला, धौलागिरी आवासीय मावि, जन नर्मल मावि, नालन्द बौद्धिष्ट स्कलु रहेका तल्लो मुस्ताङमा रहेका छन् भने लोमान्थाङ गाउँपालिकाको दिव्य दीप मावि छोसेर र पाल एवम् नाम्ग्याल गुम्बाका परीक्षार्थी छन् ।