• २८ चैत २०८२, शनिबार

आफैँले काटेको रुख लागेर एकको मृत्यु, दुई घाइते

blog

त्रिशुली (नुवाकोट), चैत २८ गते । बेलकोटगढी नगरपालिका–९, नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उहाँहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ । रासस