शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २९ गते । दक्षिणकाली नगरपालिकामा सवारी दुर्घटना हुँदा ३४ वर्षीय चालक सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार दक्षिणकाली नगरपालिका– ८ चुत्राघारी पानीघाटमा सवारी दुर्घटना हुँदा खड्काको मृत्यु भएको हो ।
आइतबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार करिब पाँच सय मिटर तल खस्दा सो दुर्घटना भएको उहाँको भनाइ छ ।