थारु आयोगले सरकारले हरेक वर्ष लिने नीति र तिनको कार्यान्वयनको अवस्थाको समीक्षा गरेको छ । आयोगले आइतबार टीकापुरमा थारु जनप्रतिनिधिहरु र अगुवाहरुले नीतिहरुको समीक्षा गरेका हुन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि पर्यटकीयस्थल सोवाङ धुरीतर्फ हिउँले पुरिएको पदमार्ग छिचोलेर जाँदै गरेका आन्तरिक पर्यटकहरु ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका एक युवालाई परिवारको जिम्मा लगाइएको छ ।
संविधानमा सुनिश्चित भएका अधिकार कार्यान्वयनका सन्दर्भमा आदिवासी जनजाति युवा र सरोकारवालाबिच छलफल भएको छ ।
बागलुङको गलकोट नगरपालिका–७, मल्म बामियामा आगलागी हुँदा दुई घर र एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
जाजरकोटमा ग्यास सिलिण्डरबाट सल्केको आगोमा परी गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गर्नुभएको छ ।
गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।
थारू समुदायको चर्चित 'भोदी' खेल प्रतियोगिताको उपाधि महिला र पुरुष दुवैतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ ।
गृहमन्त्री सुधन गुरुङले देशमा कस्तो नागरिक तयार हुँदै छ भन्ने कुरा शिक्षाको गुणस्तरमा भर पर्ने बताउनुभएको छ ।
मण्डला थिएटरमा आयोजित एक विशेष समारोहका बिच अनिता खरेलको उपन्यास ‘आदिरा’ सार्वजनिक गरिएको छ ।
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा वैशाख ४ देखि ६ गतेसम्म ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको अगुवाइमा महोत्सव सञ्चालन हुन लागेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट पक्षले एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन् ।