• २९ चैत २०८२, आइतबार

एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न राप्रपा असन्तुष्ट पक्षको माग

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट पक्षले एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन् । 

२०७८ को एकता महाधिवेशनबाट नयाँ उमङ्ग र नयाँ सम्भावना बोकेर अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको उक्त पक्षको निष्कर्ष निकालेको छ। 

राप्रपा नेता धवल शमशेर जबरा लगायतका पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग गरेको हो ।

उपसभामुख पदमा उम्मेदवारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न उठेको तथा पार्टीमा व्यापक सुधारको उद्देश्य लिएर एकता महाधिवेशन पश्चात् राप्रपाको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीको न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठन गर्नुपर्ने माग पनि उनीहरूको छ ।