डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।
व्यास नगरपालिकाले सोमबार आफ्नो ३४ औँ वार्षिक स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउँदै छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह (लोगो) निर्धारण गरिएको छ । यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको हो । लोगोमा अङ्कित प्रत्येक अङ्कले निश्चित अर्थ बोकेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । लोगो गोलाकार आकृतिमा आधारित रहेको छ । यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन् । लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहिलो गाढा रङले सङ्केत गरिएको छ । लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ ।
त्यस अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
मौरी चरिचरनको मुख्य सिजनमा मौसम खासै अनुकूल नभए पनि यस वर्ष महोत्तरीमा मह उत्पादन उल्लेख्य रूपमा बढेको छ। वसन्त ऋतुमा पर्याप्त फूल फुल्नुका साथै वन डढेलोका घटनामा कमी आउँदा उत्पादन बढेको मौरीपालक कृषकहरूले बताएका छन्।
बाँके जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि नियन्त्रणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
अन्तरजातीय विवाह गरेको कारण जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको कसुरमा महोत्तरीको एक महिलालाई पक्राउ गरिएको छ।
रेसुङ्गा नगरपालिकाको अगुवाइमा अभिभावकत्व नपाएका चार जना बालबालिकाको उद्धार गरिएको छ। लामो समयदेखि सडकमा माग्दै हिँडिरहेका ती बालबालिकालाई राष्ट्रिय बाल कल्याण परिषद्, पुल्चोक ललितपुरमार्फत बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, जीतगढी बुटवल पठाइएको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले जानकारी दिनुभयो।
लहान नगरपालिका–१८ बैरबोनाका दुखी मण्डल जन्मदेखि नै खुट्टा मोडिएको अपाङ्गता समस्याबाट ग्रसित हुनुहुन्थ्यो। सहज रूपमा हिँडेर सामान्य जीवन बिताउने कल्पना पनि उहाँले गर्नुभएको थिएन।
सरकारले वार्षिक नीति र कार्यक्रमको गृहकार्य सुरु गरेको छ । यो सरकार विगतको भन्दा फरक छ । आमनागरिकको सरकारसँग ठुलो अपेक्षा छ । अब वार्षिक नीति तथा कार्यक्रम र बजेट कस्तो बन्दै छ भन्ने चासो सर्वत्र छ । नवयुवा (जेनजी) पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगैको अपार जनमतबाट यो सरकार बनेको हो । युवा प्रधानमन्त्री वालेन्द्र शाहबाट आमक्षेत्रले ठुलो भरोसा, आशा र विश्वास गरेको छ । मुलुकमा विग
नेपाली जनताले धेरै पटक निराश र उदासीन हुने अभ्यास गरिसकेका छन् । जनता मानसिक नैराश्यमा रहँदा उनीहरूको असीमित ऊर्जा खेर जान्छ, राष्ट्रको उत्पादकत्व घट्छ र निर्बलता बढ्छ । अब नेपाली जनता पुनः निराशा र उदासीनताको सिकार हुन चाहँदैनन् । जनताको प्रगतिका लागि काम र जिम्मा दिनूस् गरेर देखाउँछौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई ६७ वर्षपछिकै सबैभन्दा बढी मत दिएर जिम्मा लगाएका छन् । यस मतपरिणामलाई उक्त पार्टीले जिम्मेवारीको भारी
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।