• ३० चैत २०८२, सोमबार

प्राध्यापक सम्मेलन सुरु

blog

काठमाडौँ, चैत ३० गते । नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन काठमाडौँमा सञ्चालन भइरहेको छ । शनिबार सुरु भएको सम्मेलन सोमबार सकिने छ । 

प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीकचिह्न र सम्मेलनबारेका कृतिहरू प्रदान गरी शनिबार तीनदिने सम्मेलन सुरु गर्नुभएको थियो । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता थियो ।

नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत सवालको परिपूर्तिका निम्ति नइले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्नु परेको कुलपति इन्दिरा प्रसाईले बताउनुभयो ।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका छ वटा विश्वविद्यालयका दस्ताबेज प्रस्तुत गरिने छ ।