शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खेमराज सापकोटा
विराटनगर, चैत ३० गते । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर सो यात्रा तय गरेको हो ।
चर्च ब्वाइजको जितका लागि समीर तामाङले २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आशिष सोनामको क्रसमा उहाँले गोल गर्नुभएको हो ।
खेलमा एपीएफले पनि केही राम्रा अवसर पाएको थियो । तर फिनिसिङ कमजोर हुँदा गोल गर्न सकेन ।
खेलको म्यान अफ दि म्याद समीर तामाङ घोषित हुनुभयो । उहाँले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । अब सोमबार नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लबबीच क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ ।