• ३० चैत २०८२, सोमबार

वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए

blog

काठमाडौँ, चैत ३० गते । वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाएका छन्।

बैँकहरूले सार्वजनिक गरेको विवरण अनुसार बैँकहरूले २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याज दिने छन् ।

चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो भने संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो । वैशाख महिनाका लागि ७ बैँकले ब्याजदर घटाएका छन् भने १२ बैँकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैँकले भने ब्याजदर बढाएको छ ।

सो बैँकले वैशाखमा व्यक्तिगततर्फ ४.१५ प्रतिशत ब्याज दिने छ । ब्याजदर घटाउने बैँकहरूमध्ये एभरेस्ट बैँकले वैशाखमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत, कुमारी बैँकले ४.०५ प्रतिशत, सिटिजन्स बैँकले ४.१२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैँकले ४.१० प्रतिशत, हिमालयन बैँकले ४.५० प्रतिशत, सिद्धार्थ बैँकले ४ प्रतिशत र एनआइसी एसिया बैँकले ४.७५ प्रतिशत ब्याजदर दिने छन्।

यस्तै, नेपाल बैँक, एसबिआई, सानिमा लगायत बैँकले चैतको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । वैशाखमा नेपाल बैँक ४.५ प्रतिशत, नेपाल एसबिआई बैँक ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैँक ४.५० प्रतिशत, ग्लोबल आइएमई बैँकले ४.५० प्रतिशत ब्याजदर दिने छ भने, प्राइम कमर्सियल बैँकले ४.१५ प्रतिशत, प्रभु बैँकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैँकले ४.५० प्रतिशत दिने छ । त्यस्तै, एनएमबी बैँकले ५ प्रतिशत, नबिल बैँकले ४.५५ प्रतिशत, सानिमा बैँकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैँकले पाँच प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैँकले ४.५ प्रतिशत ब्याजदर दिने छन् ।